बेलबारी/मोरङको बेलबारी स्थित बिहानी डान्स डान्स्र्ले  खुल्ला नृत्य प्रतियाेगिता सम्पन्न गरेकाे छ ।

बेलबारी-२ लालभित्तीमा अबस्थित शिक्षा सन्देश इ स्कुलमा संचालन भएको  उक्त प्रतियाेगितामा जम्मा ४६ जनाले भाग लिएका थिए ।

प्रतियोगितामा सुन्दर हरैचाकी अायुषा श्रेष्ठ प्रथम, इटहरीका सन्जु मगर द्वितीय, र सुन्दर हरैचाकै भविष राईले तृतीय स्थान हासिल गरेका छन् ।

विजयी प्रथमर द्वितीयलाई क्रमशः ३०००, १५०० र ट्रफी र तृतीयलाई ट्रफी प्रदान गरिएकाे थियाे ।

युवा युवतीहरुमा लुकेर रहेकाे प्रतिभालाई बाहिर ल्याउन सहयाेग गर्नु  प्रतियाेगिताकाे लक्ष रहेकाे बिहानी नृत्य सेनटरका प्रशिक्षक सुलभ खतिवडाले वताए ।

398 total views, 2 views today

तपाईको प्रतिक्रिया