काठमाडौं /   मिस टिन कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् , मिसेस व्यूटी क्वीन जस्ता प्रतियोगिताहरु आयोजना गर्दै आएको सिजन मिडिया प्रा.लिले आयोजना गरेको  ‘मिस ईकलेज २०१८’ को  आठौं  संस्करणको पहिलो छनौट सम्पन्न भएको छ । 

कमलादीस्थित सिजन मिडियाको कार्यालयमा भएको कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न कलेजमा अध्ययनरत युवतीहरुको सहभागिता थियो ।

व्यक्तित्व विकास,  क्षमता अभिवृद्धि र त्यसको उजागर गर्दै आत्मविश्वास र नेतृत्वदायी क्षमता बिकासबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनको  लागि सहयोग पु¥याउने र समाज बिकासका लागि युवाहरूलाई अगाडि ल्यााउने   हेतुले  कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकले जनााएको छ ।
विगत ९ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले अायोजना गरेको अाठौं संस्करणको लागि उपत्यकामा रहेका ३० भन्दा वढि  कलेजका छात्राहरूबाट निबेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए ।

हाल पहिलो अडिसनवाट १५ जना प्रतियोगीहरु छ्नौट गरिने छ  । दोश्रो अडिसनबाट १५ जना छनौट गरी ३० जना प्रतियोगीहरु सहभागी गराइने छ भने आगामी माघ १५ वाट प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ ।

पहिलो चरणको छनोटमा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य र  मिस ई–कलेज २०१५ की विजेता नितिका कर्माचार्य पहिलो  निर्णायक मण्डलमा सहभागी थिए ।

पहिलो चरणबाट  छनौट भएका  प्रतियोगीहरुलाई माघ १५ गतेवाट प्रशिक्षण दिइने छ । छनौट भएकाहरूलाइ फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल  ,नारकोनन नेपाल, वाल आश्रम आदि  मिडिया भिजीट , कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ  ।
फाल्गुनको पहिलोे साता प्रतियोगीताको अन्तिम छनोट  हुनेछ । प्रतियोगिताका विजेताले “मिस ई कलेज २०१८” को ताज उपाधि सहित स्कुटर , थाइल्याण्ड टुर र उच्च शिक्षामा छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट  एयर होस्टेसको तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनरअप र सेकेन्ड रनरअपले मोवाइल फोन साथै थाइल्याण्ड टुर ,छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने बताइएको छ ।

1,144 total views, 0 views today

तपाईको प्रतिक्रिया