काठमाडौँ / विवाहित महिलाहरुलाई लक्षित गरी पहिलो चोटी आयोजित लेट मि इन मिसेस ब्यूटी क्वीन  प्रतियोगीताको उपाधी बूढानीलकण्ठकी सुदिक्षा आचार्य भट्टराईले हात पार्न सफल भएकी छिन्  ।

सहभागी २५ जना प्रतियोगीलाई पछि पार्दै पहिलो स्थान हात पारेसँगैे सुदिक्षाले टिभिएस जुपीटर स्कुटर, लेटमिइनको तर्फवाट एक लाख ५० हजार बराबरको उपहार, कस्मेडको तर्फवाट ५० हजारको पिफ्ट भौचर साथै इजी ट्रिप ट्राभलको तर्फवाट ४ दिन मलेसियाका भ्रमणको अवसर प्राप्त गरेकी छिन्  ।

 त्यसैगरी जनकपुरकी दिपीका राई दोस्रो हुन सफल भएकी छिन् ।  उनले लाभा मोवाइल फोन ,एक लाख बराबरको उपहार र चार दिनको मलेसिया भ्रमणको अबसर पाएकी छिन्  भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, लेट मि इनको तर्फवाट ५० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरेकी छिन् । उनले  मिस व्यूटीफुल आइजको अवार्ड पनि हात पारीन ।
त्यस्तै थर्र्ड रनरअप कल्पना वराल खतिवडा भइन् भने उनले मिस पपुलर अवार्ड पनि जित्न सफल भइन् । त्यस्तै  फोर्थ रनरअप कृष्टी कार्की भइन् । उनले मिस मल्टिमिडिया अवार्ड पनि हात पारीन् ।
अन्य विभिन्न सव टाइटल अन्तरगत अर्गनाइजर च्वाइस इश्वरी श्रेष्ठ तामाङ, ट्यालेन्ट अवार्ड कविता राजवंसी शाह, पर्सनालीटी अवार्ड सिर्जना श्रेष्ठ, फोटोजेनीक अवार्ड ज्योती वस्नेत, वेष्ट हेयर कविता ओझा सिग्देल, वेष्ट फिगर मिना राई, वेष्ट वाक सफला ताम्राकार, वेष्ट ड्रेस  मिना खनाल, वेष्ट स्माइल कनक चतुरवेदी, वेष्ट फेन्डसीप अम्वीका थापा, भिर्योस च्वाइस राधिका थापा श्रेष्ठ, वेष्ट स्कीन शान्ति लिम्वु र वेष्ट डिसिपीलीनको उपाधि सुजना लामाले हात पारेका छन् ।
दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए ।

उक्त कार्यक्रमको निर्णायकमा वरिष्ठ साैन्दर्यकर्मी कमला श्रेष्ठ, मिस नेपाल उषा खड्की, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, शिक्षक प्रेम गुरुङ, नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठ र डा. सविना भट्टराई थिए  ।

 

1,010 total views, 3 views today

तपाईको प्रतिक्रिया