साबधान,दैनिक प्रयोग गर्ने बस्तुमा पनि हुनसक्छ बम !

काठामाडौं / बिष्फोटक पदार्थको सही जानकारी र सावधानी नभएमा धेरैको ज्यान जोखिममा पर्न सक्दछ । फिल्ममा देखिएका बमहरु जस्तै झिमिल या टिलपील रुपमा बत्ति बलेका पदार्थ मात्र बम हैनन, बम हामीले दैनिक जीवनमा प्रयोग गर्ने जे कुरा पनि हुनसक्दछ ।

शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद कुराहरु बम हुन सक्दछन् । कसैले झारेको मुल्यवान सामानका रुपमा यिनलाई बेवारिसे छाडिएको हुनसक्दछ, सतर्क रहनु होला । यस्ता कुराहरुलाई छुन या चलाउन हुँदैन ।

कुनै शंकास्पद बस्तु देखिएमा वरपरवाट कुनै हलचल पनि नहोस र वरपरबाट मान्छेहरु लाई हटाउनुहोस् । यसरी हटाँउदा सकेसम्म आफू सहित सबैजना धेरै पर जानोस  किनभने बमको प्रकृती हेरेर बिष्फोटन क्षमता थाहा हुँदैन  । बम बिष्फोट हुदा छर्राबाट जोगिन पनि धेरै पर बस्न जरुरी छ । त्यस्तो अबस्थामा  मोबाइल या अन्य बिधुतीय सामानहरु नजिक हुने गरि नचलाउनु राम्रो हुन्छ ।

शंका लाग्ने कुनै बस्तु देखिए वा भेटिएमा सकेसम्म छिटो नजिकैको प्रहरीलाई जानकारी गराउनु  पर्छ ।  यसरी बम या बिष्फोटक पदार्थ को शंका या भेउ पाएपछि हामी सर्तक रहनुपर्दछ  ।

बम एक्कासी बिष्फोटन हुन् पनि सक्छ , त्यसैले  बाटो, सवारी साधन या घरमा बम रहेको जानकारी पाएमा सावधानी पूर्वक स्थान छोड्न जरुरी हुन्छ। भाग्न  संभव नभएमा भने कुनै बस्तु या भित्ताको सुरक्षित आडमा बस्ने, फुट्ने सीसा या झ्याल वरपर नबस्ने र झरेर लाग्ने फुटने कुरावाट टाढा बस्न जरुरी हुन्छ ।

स्मरण रहोस देख्दा सानो देखिएपनि बम या बिष्फोटक पदार्थको असर भने भयानक हुन सक्दछ, तसर्थ माप्पाको भएर छुने या फाल्न खोज्ने, चलाउने गर्नुभयो भने आफ्नो लगायत अरुहरुको पनि जीवन जोखिममा पर्नसक्दछ ।  – हाम्रो पात्रोको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *