भोट हाल्न पाइन्छ मतदाता परिचयपत्र नभए नि

काठमाडौं । बिहीबार हुन गइरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानका लागि परिचय खुल्ने कागजात भए मतदाता परिचयपत्र अनिवार्य नपर्ने भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।

“आयोगले गरेको यस किसिमको व्यवस्था अनुसार, मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको  छ ।

आयोगका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा र मतदाता नामावलीमा नाम थप भई भर्खरै अर्थात मङ्सिर १९ र २० गते मतदाता परिचयपत्र पाएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउने छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *