खारेज भयो अम्बे सिमेन्टको लाइसेन्स

काठमाडौं / नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालिको इजाजत रद्द गरेको छ ।

प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेको कारण विभागले मंगलबार  विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कम्पनीले  ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कमसल कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गरेको बताए  । (२० मंसिर २०७४ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *