लाग्यो मौन अबधी, यसो गर्न पाइन्न है अब

काठमाडौं / दोस्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुने ४५ जिल्लामा सोोमबार  राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ  ।

दल, उम्मेदवार, कार्यकर्ता, मतदाता र सञ्चारमाध्यम लगायत कुनै व्यक्ति या संस्थाहरुले अब चुनावसम्म  चुनाव प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्न पाउदैनन्  ।

निर्वाचन आयोगका अनुसार मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनाबको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *