बाबुसंग झगडा पर्दा घर नै जलाइ दियो छोराले

बेलबारी , मोरङ । मोरङको बेलबारी ८ मा बाबुछोरा बिच झगडा हुँदा छोराले घरमा अगाो लगाएका छन् ।

बेलबारी ८ का केवललाल राजबंशीका छोरा कुमार राजबंशीले बुबासँग घरायसी बिषयमा बिवाद हुँदा घरमा आगो लगाएका हुन् । आगलागीबाट टिनको छानो गरेको एक तले घर जलेर नष्ट भएको छ । मारुती गाडी किन्न छोराले पैसा मागेको र बाबुले पैसा नदिएको झोँकमा कुमारले आगो लगाएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामजी कटवालले बताए ।

घर जल्दा करिब ३ लाख बराबरको क्षति भएको छ । घरमा आगो लगाउने कुमारलाई भने प्रहरीले नियनत्रणमा लिई सकेको छ । कुमारका घरमा बाबु उनकी श्रीमति र छोराछोरी छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *