धनकुटामा एक लाख नगदसहित पक्राउ परे पैसा बाँड्न हिंडेका राप्रपा कार्यकर्ता

धनकुटा । चुनावमा पैसा बाँड्न हिंडेका राप्रपा प्रजातान्त्रीकका एक कार्यकर्ता नगद १ लाख सहित पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका २ बस्ने मालुमे भनिने राजकुमार राईलाई नगद बाढ्न हिंड्ने क्रममा स्थानिय यूवाहरुले पिछा गरेर धनकुटा ३ स्थित कागते चौकमा उनलाई समातेको स्थानिय यूवा राईले जानकारी दिए ।

उनको अनौठो गतिबिधी देखेपछि यूवाहरुले उनको गाउँसम्म पिछा गरेको र उक्त ठाउँमा भएको निगरानीले पैसा बाँड्न नसकेर भाग्ने क्रममा उनलाई मंगलबार साँझ पक्राउ गरिएको यूवाहरुले बताए ।

उनलाई पक्राउन गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाईएको छ । उनी संगै रहेका एक ब्यक्ति भने भाग्न सफल भएको राईले बताए । जिल्ला प्रहरी कार्यालयका एसपी सुदिपराज भण्डारीले भने नीजले आफूलाई दाना ब्यपारी भएको बताएको जानकारी दिएका छन् । (मंसिर १९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *