कुसुमेका बाढीपीडित भन्छन् जसले तटबन्ध गर्छ, उसैलाई भोट दिन्छौँ

बेलबारी, मोरङ । मोरङको केराबारी ९ र बेलबारी २ मा पर्ने कुसुमेमा लोहान्द्रा खोला वरिपरिका  बासिन्दा बर्षौदेखि बाढी पीडित हुने गरेका छन् तर बाढी नियन्त्रणको कुरा राजनीतिक नारा र नेताका भाषणमा सीमित हुुँदा उनीहरू निराश छन् ।
दश वर्षअघि लोहान्द्रा खोलालाई नियन्त्रणमा ल्याएरै छोड्ने वाचा नेताहरुबाट गरिएको भएपनि आजसम्म यस खोलामा दह्रो तटबन्ध बाँधिएको छैन ।  चुनावका बेला मात्रै नेता आउने गरेको भन्दै स्थानीयबासी दुखेसो गर्छन् । – उत्तम पोख्रेलको सहयोगमा

बेलबारी तथा केराबारी दुवैका मतदाता रहेको कुसुमे गौडामा लगभग १ सय मतदाता छन् ।
मत माग्न मोरङ १ का उम्मेदवार  घनश्याम खतिवडा  बाहेक अरु उम्मेदवार नआएको बाढीपीडित बताउँछन् । ‘हामीलाई अरु केहि नदिए हुन्छ, बस्ने ठाउको व्यवस्था गरिदिन माग गरौ भने पनि नेताहरु आएनन ,कसलाई भोट हाल्ने?’ बाढीपीडित हरि प्रसाद दुलालले भने  ‘जेठ सुरु भएसँगै रातभरी जाग्राम बस्छौँ । जसले खोलाको तटबन्धन गर्ने लिखित प्रतिबद्धता जनाउँछ, हामी भोट उसैलाई दिन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *