बिक्री हुने भयो नोबेल मेडिकल कलेज

नवराज कट्टेल, विराटनगर/ चुनावी मैदानमा रहँदा आश्वासनको केन्द्र बनेको विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बिक्री हुुने भएको छ ।

अस्पतालको स्वामित्व नेपालकै चर्चित औद्योगिक घराना चौधरी ग्रुपले लिने भएको हो ।नोबेलका निर्देशक सुनिल शर्मा राजनीतिमा लागेसँगै अस्पताल बिक्रीको तयारी थालिएकोे खुल्न आएको छ । चुनावी अभियानमा शर्मा मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका मतदातासँग मत माग्न व्यस्त छन् । मौन अवधी सुरु हुनुभन्दा दुई दिन अगाडि मंसिर १६ गतेबाट नोबेलको खरिद बिक्रीको प्रक्रियासमेत सुरु भएको नोबेल अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोतका अनुसार सुनिलकी धर्मपत्नी एवं अस्पताल निर्देशक इन्दिरा शर्मा र प्रशासकीय प्रमुख नारायण दाहालले चौधरी ग्रुपसँग दुई चरणमा कुराकानी गरिसकेका छन् ।
दाहाल अस्पतालका अध्यक्ष एवं प्रमुख सञ्चालक रहेका सुनिलका फुपुका छोरा हुन् । अस्पतालको भित्री समुह भित्रै पर्ने डा.राजेश नेपाललाई समेत पत्तै नदिई सुनिलकी धर्मपत्नी इन्दिरा र दाहालले चौधरी ग्रुपसँग कुराकानी गरिरहको स्रोतले बताएको छ ।

तर अस्पतालका प्रसासकिय  प्रमुख दाहालले अस्पताल बिक्रीको कुरा आफूलाई थाहा नभएको बताप्रसासकिय । सो विषयमा सुनिल शर्माकी श्रीमति इन्दिरासँग सम्पर्कको प्रयास गरेपनि सफल हुन सकेन ।

रातारात किन बेचियो नोबेल ?

निर्वाचनमा उमेदवार बनेपछि नोबेल मेडिकल कलेजको अध्यक्षबाट सुनिल शर्माले राजीनामा दिइसकेका थिए । उनले मोरङ ३ का मतदातासम्म पुगेर आफूलाई मत दिए शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी लिने आश्वासन बाँडेका थिए ।

आश्वासन बाँड्ने क्रममा उनले नोबेल मेडिकल कलेजमार्फत नर्सिङ्गदेखि चिकित्साशास्त्रको अध्ययन गराउने धेरैसँग प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै क्षेत्रभरीका वाासिन्दाको स्वास्थ्यको ग्यारेन्टी गरिदिने, बिमा गरिदिने जस्ता आश्वासन उनले दिएका छन् । तर, निर्वाचन हुनुपूर्व नै अस्पताल बिक्री गरिने भएको छ ।

आश्वासन पूरा गर्ने मुख्य केन्द्र बनेको नोबेल अस्पतालकै आवरणमा सुनिल शर्माले मतदातालाई दिइएको प्रतिवद्धताका कारण उनी चुनाव जित्ने योजनामा देखिन्छन् । निर्वाचन अवधीभर सुनिलले त्यस क्षेत्रका १६ हजार बिरामीको मेजर अप्रेशन गराएका छन् भने झण्डै २० हजारको हाराहारीले सामान्य स्वास्थ्य सेवा पाएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

कस्ता ब्यक्ति हुन्  सुनिल ?

गोजीबाट एक रुपैँया लगानी नगरी कब्जा गरिएको नोबेलप्रति सुनिललाई धेरै मोह छैन । उनले जस्तासुकै योजनामा सामेल भएर पनि आफ्नो स्वार्थहित काम फत्ते लगाउन सक्ने क्षमता भने राख्दै आएका छन् ।

उनीसँग नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सधैं साथमा छन् । विगतमा समेत सुनिलले शेखरकै माध्यमबाट अति हिन्दुवादी आरपी मैनाली समुहसँगको संलग्नतामा आफ्नै अस्पतालमासहित विराटनगरका विभिन्न व्यक्तिका घर तथा मस्जिदमा बम विष्फोट गराएको आरोप छ ।

तत्कालीन नेपाली कांग्रेसका लडाकु उमेश गिरीको घरमा आरपीलाई लिएर सुनिल धेरै पटक आएको गिरी बताउँछन् । अहिले गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । शेखर र सुनिलको योजनामा विराटनगर र आसपासको क्षेत्रमा भएका घटनाको तालमेल मिलेका कारण गिरी एमाले प्रवेश गरेको सुनाउँछन् ।

डा.ज्ञानेन्द्र गिरी अहिले पनि सुनिलको विषयमा कुरा गर्नुपूर्व आँशु झार्दछन् । उनीमाथि समेत सुनिलले बर्बर आक्रमण गरेर अस्पताल कब्जा गरेका थिए । अहिले सुनिलले अस्पताल बिक्री गरेको विषयले सुनेपछि सुरुमा दुःख गरेकाहरु चिन्तित् बनेका छन् । उनले डाक्टर उत्तीर्ण नगरीपनि डाक्टर भन्दै आएका छन् । उनको यो विषय अनुसन्धानको घेरामा छ ।

सुनिलले अस्पताल बिक्री गरेको विषयमा सुनिलका सबैभन्दा प्रिय मानिएका रोहित कार्की, ललित श्रेष्ठ र सुयर्माराज राईलाई जानकारी रहेको बुझिएको छ । उनीहरूसहित सुनिलको उपस्थितिमा धनकुटाको पाख्रीबासस्थित होटल होराइजनमा चौधरी ग्रुपको प्रतिनिधि मण्डलसँग बसेर एक महिना अगाडि नै कुरा भएको समेत खुलेको छ । चौधरी ग्रुपका बिनोद चौधरीसमेत एक महिना अगाडि मात्रै कांग्रेस छिरेका थिए । अघिल्लो संविधानसभा निर्वाचनमा एमालेबाट सभासद् भएका चौधरी यस पटक कांग्रेसको सूचिमा रहेका छन् । नोबेलकै विषयमा कुराकानी सुरु भएको दिन डा.शेखर कोइरालाले कांग्रेसमा आउन आग्रह गरेपछि चौधरी कांग्रेस भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *