क्रान्तिकारी कम्युनिष्ट पार्टीका दुई जिल्ला सदस्य माओवादी केन्द्रमा

उर्लाबारी / नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका दुई मोरङ जिल्ला सदस्य नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जिल्ला सदस्य उमेश सिटौला र जिल्ला सदस्य तथा उर्लाबारी नगर इञ्चार्ज जीवन राई माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सोमबार उर्लाबारी–३ चन्दनेमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा मोरङ क्षेत्र नं. १ ‘क’ प्रदेश सभा सदस्य पदका उम्मेद्वार कूशल लिम्बूले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । सिटौला र राईले माओवादी केन्द्रमा पनि जिल्ला सदस्यको जिम्मेवारी पाएका छन् ।
सोही कार्यक्रममा नेपाली काँग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी बाम गठबन्धनमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *