अरुलाइ गाली नगरी आफ्ना एजेण्डा राख्छन् घनश्याम

चुनावी प्रतिस्पर्धामा उत्रिएका बिभिन्न दलका नेता तथा उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउन विपक्षी दल तथा उम्मेदवारहप्रति आरोप नै मुख्य हतियार बनाएको पाईन्छ । ब्यक्तिगत लाञ्छानदेखि राजनितिक आरोपकै भरमा मतदाताहरुलाई प्रभावमा पार्न पनि दल तथा उम्मेदवार हावी देखिन्छन ।
तर सभामा होस या घरदैलोमा  अााफना एजेण्डालाई नै प्राथमिकता दिन्छन्  मोरंगको प्रतिनिधीसभा क्षेत्र नम्वर १ बाट वाम गठबन्धनका साझा उम्मेदवार घनश्याम खतिवडा । नेकपा एमालेका कोशी अञ्चल सदस्य खतिवडा अरुलाइ गाली होइन, आप्mनो क्षेत्रका मतदाताहरुलाई भेटन र मत माग्न व्यस्त भेटिन्छन् ।

चुनावी आमसभा भन्दा घरदैलो कार्यक्रमलाई नै बढी समय दिएका उनी गठबन्धनका प्रदेश सभाका उम्मेदवारसगै मतदाताको खेतबारीसम्मै पुगेर सबैलाई भेट्ने गरेका छन् । शालिन र सदाचारी नेताको छवी बनाएका खतिवडाको प्रचार शैली पनि त्यस्तै छ ।
साना–साना भेटघाट तथा घरदैलो सहित चुनावी अभियानमा रहेका खतिवडाले मतदातालाई भेटेर सबैभन्दा पहिले उनीहरुका समस्या तथा गुनासाहरु सुन्ने गरेका छन् । मतदाताको गुनासोहरु सुनिसकेपछि त्यसक्षेत्रका लागि आपूmले गरेका विकास निर्माण र आगामी योजनाहरुको वारेमा मतदाताहरुलाई जानकारी गराउँछन । साथै मतदाताले देखाएका समस्या समाधानको प्रतिवद्धता व्यक्त गर्दै मत दिन अनुरोध गर्छन ।
अन्य उम्मेदवारहरु भन्दा फरक शैलीमा मतदाताहरुसगँ भेटघाट गर्ने नेता खतिवडाको चुनावी कार्यक्रमहरुमा विपक्षीहरु पनि सहभागी हुन्छन ।

जननेता मदन भण्डारीको जस्तो भाषण गर्ने कलामा माहिर खतिवडाको भाषण सुन्नका लागि विपक्षी दलका कार्यकर्ताहरु समेत आउने गर्छन् । विकासप्रेमी, युवा र साझा नेता हुन घनश्यामलाई एक पटक अवसर दिइनुपर्छ कांग्रेसमा भोट खसाल्दै आएका उर्लाबारीका गौरव न्यौपानले भने ‘नया सोचका साथ सधै रचनात्मक कार्य गर्नुपर्छ भन्ने धारणा राख्ने र मदनभण्डारीको जस्तै भाषण गर्नुहुन्छ । उहाबाट म एकदमै प्रभावित छु । यस पटक वामगठबन्धनलाई नै भोट हाल्छु । ’ खतिवडा भन्छन्–‘ जनताको मन जितेर विकास निमार्णका काम गर्छु । ’
उनले जनताको जीवनस्तर माथी उठाउनका लागि र विकास निमार्ण गर्नका लागि राजनिती गरेको बताए । चुनावी मैदानमा रहेका खतिवडाले राम्रो  मतअन्तरले विजयी हुने  दाबी गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *