‘अब सबै आठपहरीयाको घरमा टिनको छानो’

धनकुटा । अबको ५ बर्ष भित्रमा धनकुटामा मात्र पाईने आठपहरीया जातिहरुको घरमा टिनको छानो हुने प्रतिनीधि सभाका उमेद्वार राजेन्द्र राईले बताएका छन् ।
गढबन्धनले धनकुटाको टेकुनालामा गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राईले आफू बिजयी भए यस्तो योजना ल्याउने बताएका हुन् । ।
सिमान्तकृत तथा अल्पसंख्यक रुपमा रहेका यी जातिहरुको ऐतिहाँसिक तथा मुल घर(पितृ) बाहेक अन्य घरमा टिनको छानो लगाउने योजना ल्याउने राईले बताए ।
उनले भने–‘राज्य र शासकहरुले नहेरेर दुःख पाएका आठपहरीयाहरुको हरेक घरमा छिनको छानो ल्याउने नीति ल्याउँछु ।’
राईले आठपहरीया जातिहरुको संस्कृति बचाउन ती जातिमा आधारीत संस्कृतिक संग्राहलय र होम स्टे जस्ता पर्यटन पवद्धर्नका काम समेत गर्ने बताए ।
त्यस्तै कार्यक्रममा प्रदेश सभाका उमेद्धार निरन राईले आफू बिजयी भएमा त्रिवेणी चौक–सान्ताङ्ग–याक्चाना सडक र घुमाउने टेकुनाला याक्ते हुंदै सान्ताङ्ग देखि त्रिवेणी चौक सम्मको रिङ्गरोट निर्माण गर्ने बताए ।
बामहरुले नै शुरु गरेको बृद्धाभत्ता अब ५ हजार पु¥याउने घोषणा–पत्र रहेको भन्दै राईले संविधान लेखन र सिंहदरबारको अधिकार समेत गाउँ सम्म बामहरुले ल्याएकाले अब पनि बामहरुलाई नै मतदान गर्न उनले आग्रह गरे ।
कार्यक्रममा एमालेका नेता सुर्य आठपहरीया हेमचन्द्र किराती लगाएतले मन्तब्य राखेका थिए ।
गठबन्धनले आजै धनकुटा बजारमा बिशाल जनप्रदर्शन गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।