सडक नाटक गर्दै, भोट माग्दै

उर्लाबारी / मोरंग क्षेत्र नम्बर १ का प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारहरुलाई जिताउनका लागि सडक नाटक प्रस्तुत गरिएको छ ।

आइतबार क्षेत्र नम्बर १का उर्लाबारी, मधुमल्ला, राजघाट, मंगलबारे, लेटाङ लगायतका स्थानमा सडक नाटक देखाइएको हो ।
‘तपाईहरुकै घर आगँन’ शिर्षकको नाटकमा विभिन्न १० जना कलाकारहरुले अभिनय पस्किएका थिए ।
नेपाली जनजीवन झल्किने कला र चरित्र पस्किएर कलाकारहरुले वाम गठबन्धनको पक्षमा माहोल सिर्जना गरेका हुन् । मुलुकमा वामपञन्थीको सरकार आउदा हुने आमूल परिवर्तनका बारेमा सन्देश प्रवाह गरिएको थियो । कलाकारहरुले सूर्य भएको ठाँउमा सूर्यमा र गोलाकारभित्रको हसियाँहतौडा भएको ठाँउमा सोही चिन्हमा मतदान गर्न दर्शकहरुलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *