काङ्ग्रेसले फण्डा सिर्जना गरेको भन्दै खटाइयो बाम युवालाई

उर्लाबारी । ‘बृहत आमसभा’ भनेर गाँउगाँउबाट कार्यकर्ता र समर्थक जुटाउदा पनि क्षेत्र नम्बर १ को विभिन्न ठाउँमामा भएका सभाहरुमा उल्लेख्य जनसहभागिता  नदेखिएको बेला एमाले –माओवादीको संयुक्त गठबन्धनले शनिबार उर्लाबारी  चोकमा हजारौँको उपस्थितिमा आमसभा आयोजना गरेपछि कांग्रेसको स्थानीय नेतृत्व झस्किएको छ ।

गत स्थानीय चुनावमा रुखमा भोट हालेका केही व्यक्तिहरुलाई पार्टी प्रवेश गराएर ‘पार्टीले जात्रा देखाएको’ भन्दै कांग्रेसकै कार्यकर्ताहरुले आलोचना गरेका छन् । केही दिनअघि राजघाटमा भएको चुनावी सभामा उर्लाबारीका गोपाल कट्वाल र राजघाटका नरबाहादुर मोक्तानसहित आधा दर्जनलाई टिका लगाइ कांग्रेस प्रवेश गराइएको थियो । स्थानीय चुनावमा कट्वाल उर्लाबारी–४मा राप्रपाका तर्पmबाट वडाध्यक्ष पदका उम्मेदवार थिए भने मोक्तान उर्लाबारी–९ मा स्वतन्त्र रुपमा वडाध्यक्ष पदमा उठेका थिए । उनीहरु वडाध्यक्षका उम्मेदवार रहेपनि मेयरमा भने रुखलाई खुल्मखुल्ला भोट माग्दै हिडेको राप्रपाका कार्यकर्ताहरुले बताएका छन् ।
स्थानीय चुनावमा रुखलाई भोट माग्दै हिड्ने व्यक्ति उर्लाबारी–७ का विमल निरौला पनि हुन्, जो देखावटी रुपमा राप्रपाका ‘प्राज्ञिक व्यक्ति’ को रुपमा चिनिदै आएका थिए । उनले पनि कांग्रेस प्रवेश गरेर फेसबुकमा सगर्व लेख्न भ्याए–‘लोकतन्त्रको हिमायती कांग्रेसमा प्रवेश गरियो ।’  तर उनीहरुको पार्टी प्रवेश स्थानीय स्तरमा हाँसोको विषय बनेको छ ।
मोरंग क्षेत्र नम्बर–१ को माहोल एकाएक वाम गठबन्धनतर्पm मोडिएपछि नेपाली कांग्रेसले चुनावी तरंग ल्याउन अनेक फण्डा सिर्जना गरिरहेको धेरैको बुझाइ छ ।  कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार डिगबहादुर लिम्बूले कार्यकर्तालाई यस्तो जुक्ति सिकाएका छन्–‘तपाईहरु हरेक चिया पसलमा जानुहोस् । चिया मज्जाले खानुस र खुवाउनुस । अनि डिग बहादुरले लगो लगो भनेर हौवा मच्चाइदिनुहोस् । ’
कांग्रेसको चुनाव जित्ने अर्को हथकण्डा स्वरुप माओवादी समर्थकलाई भेट्दा ‘सूर्य चिन्हमा भोट हाल्न तिमीहरुको हात कसरी लाग्छ ? ’ भन्ने अर्कातर्पm एमाले समर्थकलाई भेट्दा ‘तिमीहरुले कसरी हसियाँ हथौडामा भोट हाल्न सक्छौ भनेर सोध्दै भ्रम सिर्जना गर्ने गरेको भेटिएको छ । यस सम्बन्धनमा वामगठबन्धन निर्वाचन परिचालन कमिटीका प्रदेश सभा १ ‘क’सह–संयोजक मानबहादुर श्रेष्ठ भन्छन्–‘कांग्रेसको यो पराजित मानसिकताको उपज हो । एमालेले बकाइदा माओवादीलाई भोट हाल्छ,कोही भ्रममा पर्न जरुरी छैन । ’

हसियाँ हथौडामा कसरी भोट हाल्ने भन्ने सन्दर्भमा श्रेष्ठले भने–‘जसरी गोरखामा बाबुराम भट्टराईलाई कांग्रेसले भोट हाल्यो त्यसरी नै देशैभर एमालेले हसियाँ हथौडामा भोट हाल्छ । र,माओवादीले सूर्यमा भोट हाल्छ । ’
माओवादीबाट विगतमा एमाले कार्यकर्ता पीडित रहेको भन्दै कांग्रेसले एमाले समर्थकलाई भड्काउन खोजेको विषयप्रति एमाले नेता भूपालसिं जिमीले भने–‘विगतमा भएका द्वन्दका घटनाको जननी बाबुराम भट्टराई हुन् , कुशल लिम्बू होइनन् । कांग्रेसले बाबुरामलाई बोकेर हिडिरहेको अवस्थामा यस्तो तर्कको कुनै अर्थ रहदैन । ’
यसैबीच कांग्रेसलाई जिताउनका स्थानीय डुम्रे,भट्टा,बाँधडाडा लगायतका सुकुम्वासी बस्तीमा पैसाका पोको बोकेर मतदाता खरिद गर्ने प्रयास थालिएको विश्वस्त स्रोतले बताएको छ ।
यस्तो हर्कत थाहा पाएपछि सुकुम्वासी वस्तीहरुमा त्यस्ता भिजिलान्ते र माफियालाई रंगेहात समात्न युवा संघ र वाइसिएलको संयुक्त दस्ता तयार पारिएकोे छ । मतदाता खरिद गर्न उर्लाबारीका नामुद वन माफिया र केही सुन व्यापारी रातिराति लागि परेको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *