कांग्रेस मरेको सिनो बोकेर हिडेको छ : योगेश

नारायण कुमार राई ,धनकुटा नेकपा एमालेका सचिव योगेस भट्टराईले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरिसकेको पन्चायतको सिनो बोकेर हिडेको आरोप लगाएका छन् ।
पाख्रिबास नगरपालिकामा बाम गठबन्धनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईल पन्चायतका अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिक जस्ता गन्हाएको सिनो बोकेर हिडिरहेको बताएका हुन् । उनले भने–‘विपीलाई जेल र भीमनारायणलाई मृत्युदण्ड दिनेका सन्तानलाई बोकेर हिड्नु ईतिहास विसर्नु हो ।’ त्यसैले अव पराजय स्वीकर गरेर बस्नुको विकल्प नभएको उनले बताए ।

यो निर्वाचन पछि ५ बर्ष सम्म बाम सरकार चल्ने र त्यो सरकारले गरेको कामको आधारमा ५० बर्ष सम्म हुने सवै निर्वाचन बामपन्थीहरुले कब्जा गर्ने दावी सचिव भट्टराईले गरे । बाम सरकार बने अधिनायकबाद आउने र जनता रुनु पर्ने आरोप लगाईरहेका विपक्षी काटक्ष गर्दै सचिव भट्टराईले अडाडि भनेः ‘रोईरहेका जनता हाँसेपछि किन रुनु ? बाम सरकार बनेपछि बृद्ध आमाबुबा हाँसेका छन् । अव सबै जनता हाँस्नेछन् ।’

एमाले पाख्रीबास नगर कमिटि आयोजना गरेको चुनावी सभामा बोल्दै एमाले सचिव भट्टराईले पहाडी जिल्लाको समृद्धिको लागि मध्येपहाडी लोक मार्ग र तमोर करिडोरको बाटो ५ बर्ष भित्र कालोपत्रे गर्ने ठोकुवा गरे ।
तमोर नदीमा विधुत उत्पादनको लागि जलासय बनाएर पानी जाहाज चलाउने योजना सुनाउदै भट्टराईल भनेः ‘त्यो जाहाजको ड्राईभर केपी ओली र प्यासेन्जर शेरबहादुर देउवा हुनेछ ।’
जोगबनी किमाथांका नाका खोलेर धनकुटालाई मुख्य ट्रान्जित प्वाईन्ट बनाउने, कषि र पर्यटनको हव बनाउने र प्रत्येक नगरपालिकामा एक अर्व र गाउँपालिकामा ५० करोड बजेट दिने योजना सचिव भट्टराईले सुनाए ।

त्यस अवसरमा नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले धनकुटाको मुगामा बाटो पुग्न एमालेको सरकार आउन परेकोले बाम भन्दा अरुको भर नपर्न आग्रह गरे ।
कार्यक्रममा बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र राई, प्रदेस सभा उम्मेदवार ईन्द्रमणी पराजुली, कांग्रेस परित्याग गरेका क्षत्रिय कमिटि सचिव मिलन बराल लगायतले बाम गठबन्धनको पक्षमा मत दिन आग्रह गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *