पथरीमा बामपन्थी युवाहरूले गरे भब्य र्याली

पथरी । वाम गठवन्धनले चुनावी प्रचार अभियान अन्तर्गत शुक्रवार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को पथरीशनिश्चरेमा युवाहरुले मोटरसाइकल र्याली निकालेका छन् ।

पथरीशनिश्चरे ३ को आइतवारेबाट सुरु भएको र्यालीले सो वडा क्षेत्रको परिक्रममा गरेर पिपल चोकमा कोणसभा सम्पन्न गरेको छ ।
यसैगरी, वाम गठवन्धन पक्षमा भोट माग्ने घरदैलो अभियानका क्रममा आज पथरीशनिश्चरे १० को जिरिखिम्ती टोलमा पैदल र्याली निस्किएको छ ।
जिरिखिम्ती टोलका युवा अनोज घिमिरेको नेतृत्वमा निस्किएको र्यालीले टोल परिक्रमा गर्दै वाम गठवन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकाललाई सूर्यमा र प्रदेश क का उम्मेदवार गीता तिम्सिनालाई गोलाकार भित्रको हंसिया हथौडामा छाप लगाउनका लागि भोट मागेको छ ।
र्यालीमा क्षेत्रीय निर्वाचन परिचालन कमिटी संयोजक पूर्व सांसद चण्डीप्रसाद राई, एमाले जिल्ला कमिटी सदस्य टंक भण्डारी, जीवन खतिवडा समेतको सहभागिता रहेको थियो ।
उम्मेदवार ढकाल र तिम्सिना सहभागि भई क क्षेत्रको कानेपोखरी ४ र ६ मा घरदैलो भएको छ ।
उता, मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि वाम गठवन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार एमालेका घनश्याम खतिवडा, प्रदेश क का माओवादीका उम्मेदवार कौशल लिम्बू र ख का एमालेका उपेन्द्र घिमिरेले पनि आफ्नो क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *