आधा घट्यो बिराटनगर भन्सारको राजस्व

 भारतीय पक्षले पुल मर्मत गर्न आलटाल गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरूले रुट परिर्वनत गरेेेेका कारण विराटनगर भन्सार कार्यालयको राजस्व संकलन आधा घटेको छ ।

सीमावर्ती भारतीय बजार जोगबनी बजारपश्चिमा रहेको मिरगन्ज खोलाको पुलको मर्मत नहुँदा पाँच महिनादेखि पुल बन्द छ । गत साउन महिनामा आएको बाढीका कारण भदौ ५ गतेबाट पुलमा मालबाहक सवारी साधन आवतजावतमा भारतीय पक्षले रोक लगाएको थियो ।

नेपाली व्यवसायीहरूको तीव्र दबाबका कारण पुलको सामान्य मर्मत गरी २० टनसम्मका मालबाहक सवारी सधान चल्न दिए पनि त्योभन्दा माथि भार क्षमता भएका साधनलाई रोक लगाएको छ । अहिले पुलबाट पेट्रोलियम पदार्थ बोकेका टयांकलरी र अन्य सानातिना पैठारीका गाडीहरू मात्र आइरहेका छन् ।

नेपालबाट फर्केका खाली ट्रक र कन्टेनर पनि यही बाटोबाट लगिँदै छन् । ६० वर्ष पहिले निर्माण गरिएको पुलको भारवहन क्षमता त्यस बेला पनि २० टन नै थियो । तर, पुलबाट ९० टनसम्मका सवारी साधन चलिरहेका थिए । अहिले आएर ६० वर्षको पहिलाको कुरा निकालेर भारतीय पक्षले दुस्ख दिने नियत राखेको नेपाली उद्योगी व्यवसायीहरूको आरोप छ, कान्तिपुरमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *