बुद्ध नेपालमा जन्मेको सन्देश दिन बेलबारीका युवाले गरे सृजनात्मक काम

किशन शाही , केराबारी ।  इच्छा शक्ति भए जहाँ जस्तो सुकै अवस्थामा पनि समाज राष्ट्रका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै मोरङको बेलवारीमा रहेका केही युवाहरुले वुधवार  वुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन प्रत्यक्ष चित्रकला एवं हस्ताक्षर अभियान सम्पन्न गरेका छन् ।

मोरङको बेलवारीमा रहेका केही स्थानीय युवाहरुले राष्ट्र र राष्ट्रियतालाई शिरमा राखेर युवाहरुले वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन सामुहिक हस्ताक्षर अभियान कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक अर्जुन राइले बताउनुभयो । पछिलो समय वुद्ध भारतमा जन्मिएका हुन् भनेर केही दलाल तथा जिम्बेवार व्यक्तिहरुले मिथ्या भाषणहरु सार्वजनिक गरिरहेको बेला हामी र हाम्रो संस्कृति र राष्ट्रिय विभुतिहरुको संरक्षण गर्न जनचेतनाका लागि गरिएको प्रत्यक्ष चित्रकला प्रतियोगितामा इटहरी तथा वेलवारीका चित्रकारहरुले दर्शकको वुद्धको विभिन्न सन्देश दिने चित्रहरु कोरेका थिए । इटहरीका चित्रकार अमित राई, रिल कार्की र सुन्दर हरैचाका जोयल राई र बेलबारीका मेघराज राई उत्तम लिम्बूले सौजन्य स्वरुप कार्यक्रममा चित्र वनाउन सहयोग गरेका थिए । चित्रकारहरुले वनाएको आर्कषक चित्रहरु वेलवारी नगरपालिकाले उचित मूल्याङकन गरी खरिद गरिदिने र सो रकम बेलवारी ३ खोरिया वस्तीका वोनम्यारो पिडित सृजना लिम्बुलाई उपचारार्थ सहयोग हस्तान्तरण गर्ने कार्यक्रमका संयोजक तथा अर्जुन राइले वताए ।

कार्यक्रममा स्वःसञ्जु गूरुङको नाममा उहाका परिवारले वुद्ध वाज वन इन नेपाल लेखिएको टिसर्ट उपलव्ध गराएका थिए ।कार्यक्रम साना शहरी खानेपानी संस्थानका अध्यक्ष महेन्द्र सूवेदी, आदीवासी जनजाति नगर समितिका अध्यक्ष तिलक राई, शिक्षक डिपी राई र वेलवारी नगर प्रमुख ज्ञानेन्द्र सूव्ोदी लगायतले नेपालका राष्ट्रिय विभूतिहरु को कहा जन्मिएका हुन भनेर भ्रम फैलाउन खोज्दैमा त्यो सम्भव नहुने भन्दै नेपालीहरुको राष्टिय स्वाधिनता माथि आच आउने काम कसैले गर्न नहुने तर्क राखेका थिए । कार्यक्रम कोशी नेपाल मिडिया र बास्केटबल क्लव बेलबारीको आयोजनामा भएको थियो ।
Vedio : Sandip Rai

Leave a Reply

Your email address will not be published. Required fields are marked *