छोराको जन्मोत्सवमा बृद्धबृद्धालाई भोजन

बेलबारी / छोराछोरीको जन्म उत्सब मनाउंदा केक काटने सस्कारको बढ्दै गईरहेका बेला मोरङ बेलबारी ३ का एक दम्पतीले आफनो छोरो जन्म उत्सब  परोपकारी काम गरेर मनाएका छन ।

बेलबारी ३ निवासी राजन प्रसाई तथा प्रतिमा प्रसाईले आफनो दोस्रो सन्तानको पहिलो जन्म उत्सब केक नकाटी बृद्ध आश्रमका बृद्धबृद्धाहरुलाई भोजन तथा न्यानो कपडा दिएर मनाई दिएका छन् ।

उनीहरुले धनकुटाको बिश्रान्ति बृद्ध आश्रमका ४८ जना बृद्ध बृद्धालाई भोजना सहित दोसल्ला दिएर जन्म उत्सब मनाई दिए ।

आयू बढ्दै जांदा केक काटनु भन्दा दिर्घायूको कामना गरेर छोराको जन्म उत्सब मनाई दिएको आमा प्रतिमा प्रसाईले बताईन् । त्यस्तै बुवा राजनले बिदेशी सस्कारको बिकास भन्दा पनि नेपाली सस्कार सिकुन् भन्ने उदेश्यले छोराको पहिलो जन्म उत्सव मनाई दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *