उर्लाबारीमा अहिलेसम्मकै ठुलो बाम सभाकाे तयारी

उर्लाबारी । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार अन्तिम तयारीमा पुगिरहेका बेला बाम गठबन्धनले यही मंसिर १६ गते उर्लाबारीमा बिशाल चुनावी सभा गर्ने भएको छ ।
उर्लाबारी चोकमा हुने बिशाल चुनावी सभाको तयारी तिब्र रुपमा भईरहेको नेकपा एमाले उर्लाबारीका नगर संयोजक अग्नी भट्टराईले जानकारी दिनुभयो । एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वक्ता रहने सुभालाई भव्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको गठबन्धनका निर्वाचा परिचालन संयोजक भुपालसिं जिमीले जानकारी दिनुभयो ।
सभालाई ओलीसँगै एमाले केन्द्रिय सचिव योगेश भट्टराई र माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि सम्बोधन गर्नु हुने भएको छ । यो सभा उर्लाबारीमा अहिलेसम्मकै ठुलो सभा हुने अनुमान गरिएको छ । कडा सुरक्षाका बीच हुन लागेको उक्त चुनावी सभा उर्लाबारीमा ऐतिहासिक हुने एमाले मोरङका मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *