यस्ता छन् मोरङमा बाम गठबन्धनका उम्मेद्वार

आगामी मंसिर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा एमाले र माओवादी केन्द्रका पार्टीको पोलिटव्युरो सदस्यदेखि पूर्व मन्त्री, बहालवालामन्त्री, निवर्तमान सांसद तथा प्रदेश कमिटी सदस्यहरु बाम गठबन्धनबाट उम्मेदवार  बनेका छन्  । प्रस्तुत छ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको प्रोफाईल :

घनश्याम खतिवडा
घनश्याम खतिवडा उत्तरी मोरङमा सुपरिचित नाम हो । कहिले शिक्षक, कहिले भूमिगत राजनीतिक कार्यकर्ता त कहिले जनप्रतिनिध र सामुदायिक बनको अभियन्त जस्ता सामाजिक क्षेत्रका हरेक मोर्चामा देखिने क्रियासिल व्यक्ति हुन लेटाङका घनश्याम खतिवडा ।

२०१८ साल कार्तिक १२ गते सुदुर पूर्वको ताप्लेजुङ्गको नाङखोलेन गाउमा बुबा इन्द्रप्रसाद र आमा कृष्णमायाको कोखबाट जन्मिनु भएका खतिवडा १५ बर्षकै उमेरबाट राजनीतिमा सक्रिय भएका हुन् । २०३३ सालमा तत्कालिन कोर्डिनेश केन्द्रको बाल रेडगार्डबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका खतिवडाले २०३८ सालमा तत्कालिन मालेको पार्टी सदस्यता प्राप्त गरेका थिए । २०४१ सालमा मालेको इलाका सदस्य हुँदै २०४४ साल देखि लगातार रुपमा ०६७ साल सम्म एमाले मोरङको जिल्ला सदस्यको रुपमा रहेर क्रियासिल भए । त्यस पछि एमाले कोशी अञ्चल समन्वय कमिटीको सदस्यय हुँदै अहिले १ नं प्रदेशको प्रदेश कमिटी सदस्य छन् ।

राजनीतिक शास्त्र र अर्थशास्त्रमा स्नातक तह सम्मको अध्ययन पुरा गरेका खतिवडाले मोरङको केराबारी स्थित बुद्ध निमाबिमा चार बर्ष सम्म शिक्षण पेशा समेत गरे ।

तर पछि तत्कालिन माले पार्टीले पञ्चायती राजनीतिमा पार्र्टी हस्तक्षेपको नीति अगाडि सारेपछि उनले स्थायी जागिर छाडेर २०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा प्रधानपञ्चको उम्मेद्वा भएर थोरै मतले पराजित । प्रजातन्त्रको पुनःस्थापना पछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङ गाविसको अध्यक्षमा निर्वाति भए । २०७० सालमा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचनमा एमालेबाट उम्मेद्वार भएर पराजित हुन पुगेका थिए ।

ऋषीकेश पोखरेल
मोरङ क्षेत्र नं २ मा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेद्वार बन्नुभएका ऋषीकेश पोखरेलको जन्म २०२४ साल कार्तिक १५ गते मोरङको गोविन्दपुरमा भएको हो । १५ बर्षमा स्कुले छात्र हुँदै राजनीतिक सम्पर्कमा रहनु भएका पोखरेल कक्षा ६ मा पढ्दा नै गोविन्दपुर स्थि

त सुनबर्षी निमाविमा अनेरास्ववियूको प्रारम्भिक कमिटिको अध्यक्ष बन्नुभयो ।

त्यसपछि क्रमशः सरस्वती मावि इटहरा अनेरास्ववियू प्रा क अध्यक्ष, २०४८ सालमा अनेरास्ववियू मोरङ जिल्लासदस्य त्यसपछि क्रमःश उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, भएका पोखरेल २०५३ मा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वबियू सभापति भइसक्नु भएको छ ।
यसरी विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गर्नुभएका पोखरेलले एमाले मोरङको जिल्ला कमिटीको सचिवालय सदस्य हुँदै २०७० पुस यता सोही कमिटीको दुई कार्यकाल सचिवमा बनिसक्नु भएको छ ।

दक्षिण पूर्बी मोरङको मधेशी र मुस्लिम समुदायमा निकै लोकप्रिय पोखरेल २०७० सालमा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचनमा मोरङ क्षेत्र नं १ बाट संबिधान सभा सदस्यमा निर्वाचित हुनु भयो । नेपाली काँग्रेसको पकड क्षेत्र मानिएको सो क्षेत्रबाट उहाँ पहिलो पटक एमालेको तर्फबाट निर्वाचित सभासद बन्न सफल हुनुभयो ।

त्यस अघि सोही क्षेत्रबाट तीन पटक निर्वाचित भईसकेका नेपाली काँग्रेस भित्र निकै ह्भिवेट मानिएका आमोदप्रसाद उपाध्यायलाई पराजित गर्न सफल एमाले नेता पोखरेल यस पटक पनि काँग्रेसका अर्का ह्भिवेट भनिएका डा मिनेन्द्र रिजालसँग प्रतिस्पर्धा गर्दै छन् ।

भानुभक्त ढकाल
मोरङ क्षेत्र नं ३ मा बामगठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वार बनेका भानुभक्त ढकालको जन्म २०१८ साल कात्तिकमा तेह्रथुमको ओख्रेमा भएको हो ।
स्थानीय सिंहवाहिनी व्यवसायिक माध्यमिक विद्यालय, म्याङ्गलुङ्गमा अनेरास्ववियूको प्राक अध्यक्षबाट राजनीतिक सुरु गरेका ढकालले
तेह्रथुम जिल्ला कमिटीको उपाध्यक्ष, अध्यक्ष, काठमाडौ जिल्ला कमिटीको कोषाध्यक्ष र अध्यक्

ष हुँदै केन्द्रीय महासचिब भएर २०५३ माघ १६ गतेबाट बिदा लिएका थिए ।

विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियासिल हुदै २०४५ सालमा तत्कालिन माले पार्टीको सदस्यत प्राप्त गरेका ढकालले उपत्यका ने.क.पा. (एमाले) संगठन विभाग प्रमुख हुँदै पार्टी कमिटी र विभागका विभिन्न जिम्मेवारी लिँदै नेकपा एमाले संंगठन विभागको उपप्रमुख छन् । २०७० समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका ढकालले संविधान मस्यौदा समिति सदस्य र संसद भित्र एमालको प्रमुख सचेतको जिम्मेवारी समेत पुरा गरिसकेका छन् ।

 अमनलाल मोदी

मोरङ क्षेत्र नं ४ मा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वार बन्नु भएका अमनलाल मोदीको जन्म २०४२ असोज ५ गते मोरङको डंग्राहमा भएको हो ।

स्थानीय नारायण नि

मा वि बाट प्रइमरी शिक्षा प्राप्त गरेका मोदीले सरस्वती उच्च मावि दुहबीबाट एस एल सी र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहसम्मको अध्ययन गरेकाछन् । प्रमाण पत्र तहको अध्ययन गर्दा गर्दै माओबादी पार्टीका सम्पर्क पुगेपछि उनको त्यसपछिको अध्ययन भने ब्रेक लाग्यो । २०५७ सालमा तत्कालिन माओबादी निकट अनेरास्ववियू क्रान्तिकारीको गाउ इकाई कमिटीको सदस्य, ०५७ मा एरिया सदस्य हुँदै ०६२ मा अखिल क्रान्तिकारी मोरङको जिल्ला अध्यक्षको हुन पुगे ।

०६३ सालको शान्ति प्रक्रियासँगै माओबादी खुल्ला राजनीतिमा आएपछि उनी पनि विद्यार्थी राजनीति छाडेर पार्टी राजनीति तर्फ हाम फाले ।
०६३ साल मोरङ क्षेत्र नं ७ अन्तर्गतको एरिया इन्चार्ज, ०६४ सालमा थारु राष्ट्रिय मुक्तिमोर्चाको मोरङ जिल्ला अध्यक्ष र कोचिला राज्यको संयोजक हुँदै अहिले सोही मोर्चाको केन्द्रीय सचिव र माओबादी केन्द्रको महाधिबेशन आयोजक समिति सदस्यको जिम्मेवारीमा छन् । यस अवधिमा २०६० सालमा पक्राउ परी दुइ बर्षसम्म जेल जिबन समेत विताएका छन् ।

कुशल संगठक र मिलनसार स्वभावका मोदी २०७० सालमा समानुपातिक तर्फबाट संबिधान सभाको सदस्य समेत बन्न सफल भए । संविधान सभाको पाँच बर्षे कार्यकालमा उनले संविधान निर्माण मस्यौदा समिति, संसदको अनुगमन तथा सुशासन समितिको सदस्य समेत रहेर भुमिका निर्वाह गरेका छन् । पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका मोदीले नेपाली काँग्रेस भित्र निकै शसक्त मानिएका महेश आचार्यलाई कडा टक्कर दिई रहेका छन् ।

शिवकुमार मण्डल
मोरङ क्षेत्र नं ५ मा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेद्वार शिवकुमार मण्डलको जन्म २०३२ भदौ १० गते मोरङको गोविन्दपुरमा भएको हो ।

२०५० सालमा काली मावि कासिजन एमाले निकट अनेरास्ववियूको प्राक अध्यक्षबाट राजनीतिक जिबन सुरु गरेका मण्डलले सोही संगठनको, महेन्द्र मोरङ क्याम्पस प्राक उपाध्यक्ष र मोरङ जिल्ला कमिटी सदस्य सम्म हुन पुगे । त्यसपछि माओबादी राजनीति तर्फ आक्रसित भएका मण्डल ३०५४ को अन्त्य देखि सोही पार्टीका गतिविधिम क्रियासिल हुन पुगे ।

सोही अवधिमा पक्राउ परेका मण्डलले केही समय जेल जिबन समेत विताएका छन् । २०५८ सालमा माओबादीले स्थापना गरेको मधेशी मुक्ति मोर्चाको केन्द्रीय कोषाध्यक्ष बनेर राजनीतिक फड्को मारेका मण्डल मोओबादी पार्टीका रौतहट, र मोरङको जिल्ला इन्चार्ज, हुँदै अहिले स्थायी समेत सदस्यको जिम्मेवारीमा छन् ।

सरकार र माओबादी बीच सम्पन्न बृहत शान्ति संझौतापछि गठित ससदको सदस्य बनेका मण्डल २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा मोरङ क्षेत्र नं ४ बाट संबिधान सभा सदस्यमा निर्वाचित भएका थिए । बर्तमान देउवा मन्त्रिमण्डमा आपूर्ति मन्त्री बनिसकेका मण्डल २०६४ संविधान सभाको निर्वाचनमा भने उनी थोरै मतान्तरमा सो क्षेत्रबाट पराजित भएका थिए ।

अहिले उनी नेपाली काँग्रेसका अमृत अर्याल र संघीय समाजबादी फोरमका राजकुमार यादबसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् ।

लालबाबु पण्डित
मोरङ क्षेत्र नं ६ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार बनेका पूर्व मन्त्री लालबाबु पण्डितको जन्म २०१५ मंसिर १९ मा सर्लाहीमा भएको थियो । प्रइमरी तहको शिक्षा गाउकै स्कुलमा सकेर दाजुको जागिरसँगै पाल्पा पुगेका पण्डितले एस एल सी उत्रिण पनि पाल्पाको तानसेन स्थित पद्मपब्लि बहुउद्देश्य हाइस्कुलबाट गर्नु गरेका हुन् ।

२०३५ सालमा बालाजु औधोगिक क्षेत्रको यन्त्रशालामा प्रविधिक जागिर खाँदा खाँदै मजदुर संगठनको माध्यमबाट तत्कालिन मालेको राजनीतिक सम्पर्कमा पुगेका पण्डित अहिले सोही पार्टीको पोलिटव्युरो सदस्य हुनुहु्न्छ । काठमाडौको बालजु औधोगिक क्षेत्रमा काम गर्दै पार्टी सगठनको काम गर्ने क्रममा पटक पटक पक्राउन परेपछि भूमिगत राजनीतिका लागि सुरक्षित स्थान रोजेर २०३९ सालमा मोरङ आएका उनी अहिलेसम्म सोही जिल्लालाई कार्य क्षेत्र बनाए काम गरिरहेका छन् ।

मोरङमा मजदुर फाँट र दक्षिण क्षेत्रमा पार्टी संगठन विस्तार गर्ने कुरामा उनको भुमिका रहँदै आएको छ । भूमिगत समयमा श्रवणकुमार र रामेश्वर रायका नामले परिचित पण्डित २०४८ र २०५६ सालको आम निर्वाचनमा मोरङको तत्कालिन क्षेत्र ंनं बाट संसदमा निर्वाचित भएका थिए । २०६४ मा भने उनी समानुपातिक कोटाबाट संबिधान सभाको सदस्य बने ।

२०७० मा सभासद नभइकनै शुशिल कोइरालाको नेतृत्वमा बनेको सरकारको सामन्य प्रशासन मन्त्री बनेका पण्डित डिभी र ग्रिनकार्डका विषयमा लिएको अडानका कारण राष्ट्रिय राजनीतिको मुल धारमा प्रवेश गरेका हुन् ।

प्रस्तुती ः महेन्द्र विष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *