जुट मिल त चल्यो तर अतिक्रमणमै छ ४० बिघा

विराटनगर /आइतवारबाट पुन: सञ्चालनमा आएको मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्सको आधाभन्दा बढी जग्गा अतिक्रमण भएको पाइएको छ  ।

मुलुककै जेठो मिलको सूचीमा रहेको विराटनगर जुट मिलको मिल रहेको हाताभित्र कुल ५५ बिगाह सहित ६९ विगा जमिन छ ।

तर मिलको हाता भित्रको ५५ विघा मध्ये करिव २५ विघा जमिन र त्यहाँ बनेका भौतिक संरचना २०६३ सालबाट सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ । त्यसैगरी मिल हाता बाहिर रहेको करिव १५ विघा जमिन स्थानीयले अतिक्रमण गरी घर बनाएर वसेका छन् ।

बिसं २०७१ भदौदेखि बन्द रहेको विराटनगर रानीस्थित विराटनगर जुट मिल्स व्यवस्थापनसगै आइतबारदेखि सञ्चालनमा आएको   छ । हाल दैनिक ५ टन जुटका सामग्री उत्पादन गर्नेगरी मिल्स सञ्चालनमा ल्याइएको र केहि समयपछि  २० टनसम्म उत्पादन क्षमता बढाइने प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिए ।

पहिलो चरणमा मिलबाट सुतली र बोराको उत्पादन शुरु गरिएको छ । करिब २ करोड रुपैयाँ बराबरको निजी लगानीमा उत्पादन शुरु गरिएको काफ्लेले बताए  ।

२०७४ सालमा सरकारले मिलको शेयर बिक्री गरेपछि हाल नेपाल सरकारको ३३ प्रतिशत र बाँकी ६७ प्रतिशत  निजी क्षेत्रको लगानी छ। नेपाल सरकारले पटक पटक गरी सो मिल सञ्चालन गर्न हालसम्म १ सय १३ करोड रुपैया बराबरको ऋण लगानी गरिसकेको छ ।

बिक्रम सम्बत १९९३ मा भारतका उद्योगी राधाकृष्ण चमडियाले तत्कालीन समयमा ६२ लाख ७० हजार ५ सय रुपैयाँ लागतमा विराटनगर जुट मिलको स्थापना गरेका थिए  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *