वाम गठबन्धनलाई भोट हाल्न किराती मोर्चाको आग्रह

मोरङ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले प्राप्त उपलब्धि रक्षाको लागि भन्दै वाम गठबन्धनलाई भोट हाल्त आम जनतासँग आग्रह गरेको छ ।

मोर्चाको तर्फबाट महासचिव अर्जुन किरातीले सुक्रबार विज्ञप्ति प्रकाशन गरेर वाम गठबन्धनका उमेद्वारहरुलाई भोट दिएर विजय गराउन अपिल गरेका हुन् ।
जनयुद्ध र लोकतान्त्रिक आन्दोलनको बलमा राजतन्त्रको अन्त्यपछि घोषित संविधान मार्फत प्राप्त उपलब्धि रक्षाको लागि मंसिर १०—२१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा वाम(एमाले—माओवादी केन्द्र)का उमेद्वारहरुलाई भोट लगाएर विजय गराउन मोर्चाले आग्रह गरेको हो ।
संविधानमा भएका कमजोरीहरु सच्चिदै जाने, वाममन्थीको सरकार बने तुलनात्मक हिसावले प्रदेशहरुको नामाकरण पहिचानको आधारमा गर्न सहजहुने विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा स्थायी शासनको लागि संविधान संशोधन गरेर राष्ट्रपतीय प्रणाली हुनुपर्ने मोर्चाको धारणा रहेको उल्लेख छ । २००७ साल यता नेपाली कांग्रेसले एक पटक दुई तिहाई र पटक पटक बहुमतको सरकार बनाएपनि जनतालाई परिवर्तनको अनुभूति नगराएको मोर्चाको ठहर छ ।

‘नेपालमा पहिचानको मुद्धा मुख्य सहायकको रुपमा स्थापित भइसकेको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘नेपालको राजनीतिक र साँस्कृतिक रुपमान्त्रणको लागि माक्र्सवाद, लेनिनवाद र माओवादी दर्शन आधार स्तम्भ हो ।’
माक्र्सवादी विज्ञानको नियम अनुसार द्वन्द्व चलिरहने र सच्चा कम्युनिष्टहरुले पहल कदमी नलिए देशमा अतिवादी र दलाल पुँजिवाद हाबीहुने खतरा रहेको मोर्चाले ठहर गरेको छ । वामपन्थी उमेद्वारलाई विजय गराउन मोर्चाका नेता कार्यकर्ताहरुलाई परिचालित हुन समेत विज्ञप्ति मार्फत निर्देशन गरिएकोछ ।

कोशी उच्च बाँध बारे अध्ययन नगरी नबोल्न नेतृत्वलाई आग्रह

सप्तकोशी उच्च बाँधले पार्ने असरको बारेमा बृहत अध्ययन नगरी जथाभावि नबोल्न वामपन्थि गठबन्धनका नेतृत्वलाई मोर्चाले आग्रह गरेका छन् । उच्च बाँध पूर्वी नेपालीकै लागि हानिकारक हुनसक्ने भएको भन्दै विज्ञप्तिमा भनिएको छ ‘बाँधको विषयमा गहन अध्ययन गरेर निर्णय लिन जरुरी देखिएकोले निर्वाचनको आसपासमा बाँध बारे नबोल्न आग्रह गर्दछौ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको बेला कोशी उच्च बाँधको बृस्तित परियोजना प्रस्ताव(डीपीआर) निर्माण गर्ने सहमति गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा सो बारे विरोध गरेका थिए ।
बाँध बारे त्यो बेला मौन बसेका एमाले अध्यक्ष केपी ओलीले केही दिन अघि मोरङको विराटचौकमा भएको चुनावी आमसभामा कोशी उच्च बाँधको सकारात्मक टिप्पनी गरेका थिए । सँगै गरेका प्रचण्डले भने बाँध बारे केही बोलेनन । डीपीआर तयार गर्ने देउवा सरकारको किराती राष्ट्रिय मुक्ति मोर्चाले भने कडा विरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *