धनकुटामा वम विष्फोट, एक घाइते

धनकुटा ।  धनकुटाको फुङसुवा खोला नजिक भएको वम विष्फोट परि एक जना घाइते भएका छन्।

धनकुटा नगरपालिका वडा न ९ र खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिका वडा न ७ को सिमानामा पर्ने फुङसुवा खोला क्षेत्रमा वाम गठबन्धनले शुक्रवार गर्ने भनिएको कार्यक्रमलाई लक्षित गरी वम विष्फोट गराइएको हो।

शुक्रवार विहान भएको वम विष्फोटमा परी पैदलयात्री स्थानीय तेजबहादुर कार्की घाईते भएको स्थानीयले बताएका छन्। घार्इतेकाे अवस्था सामान्य रहेकाे छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा गएको धनकुटाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिए। वम विष्फोट कसले गराएको हो भन्ने केहि खुल्न नसकेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *