डेढ दर्जनलाई यूएई पठाएर अलपत्र पार्नेहरु पक्राउ

आकर्षक रोजगारी लगाइदिने भन्दै १६ जना नेपाली युवालाई यूएई पुर्‍याएर अलपत्र पार्ने चार जना पक्राउ परेका छन् ।

‘भिजिट भिसा’मा यूएई पुर्‍याएर अलपत्र परेका १६ जना नेपालीहरूको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बागलुङ हटिया नगरपालिकाका ३८ वर्षे ईश्वर भण्डारी, गोरखाको साविक मान्वु-७ का २७ वर्षे विर्धमान गुरुङ र सोही ठाउँकै ३१ वर्षे मीन भनिने राजु घले  तथा कैलालीको लम्कीचुहा-४ का भानु ढकाल रहेका छन् । उनीहरू मेनपावल कम्पनी तथा ट्राभल्स संचालकहरु हुन् ।

पक्राउ परेका चार जनालाई नै काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ । यूएईमा अलपत्र परेका १६ जना युवाहरूलाई अवुधाबीस्थित नेपाली राजदूतावास र  एनआरएनए यूएईको पहलमा नेपाल पठाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *