बेलबारीका सयजना भन्दा बढी वाम गठबन्धनमा प्रवेश

मोरङको बेलबारी नगर क्षेत्रका फोरम लोकतान्त्रिका १ सय जना नेता कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका छन् ।

जसमा फोरम लोकतान्त्रिकका तात्कालिन डाँगीहाट गाउँसभापति एवम् शिक्षक प्रदिप राजवंशी, नगरमा महिला सदस्यको उम्मेदवार धनमाया राजवंशी सहित राजवंशी समुदायका १ सय जना वाम गठवन्धनमा प्रवेश गरेका हुन् ।

बेलबारी ८ मा विहीवार वाम गठवन्धनको विस्तारित भेलामा नवप्रवेशीहरुलाई युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य रविन थापा, एमालेका ज्ञानेन्द्र सुवेदी लगायतले टीका लगाएर स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *