सिंहदेवीमा मङ्सिर पुर्णिमा मेलासगै नकआउट फुटबल प्रतियोगिता हुने

युवराज ठकुरी, सिंहदेवी । मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवीमा प्रत्येक वर्षझैं यसवर्ष पनि मङ्सिरे पुर्णिमाको अबसरमा नकाउट फुटबल प्रतियोगिता गरिने भएको छ ।
मङ्सिरे पुर्णिमा (चासोक तङ्नाम) को
अवसरमा प्रत्येक वर्षमा मेला लगाइदै आएको छ ।मेला र खेलको तयारीका लागि खड्गबहादुर ठकुरीको अध्यक्षतामा मेला बजार
व्यवस्थापन समिति र सुमन लिङ्दमको
संयोजकत्वमा खेलकुद व्यवस्थापन समिति गठन
गरिएको छ । मङ्सिरे पुर्णिामामा मेला बजार सहित फुटबल खेलको आयोजना गरिएको सचिब कमल ठकुरीले बताए।

सिंहदेवी-७ लक्ष्मी प्राविको खेलमैदानमा  मङ्सिरे पुर्णिमा मेला सहित फुटबल प्रतियोगिता गर्ने मङ्सिरे पुर्णिमा मेला बजार समितिका अध्यक्ष खड्गबहादुर ठकुरीले बताए ।
फुटबल प्रतियोगितामा तेस्रो हुनेलाई ५ हजार रुपैयाँ सहित प्रमाणपत्र र मेडल, दोस्रो हुनेलाई २० हजार रुपैयाँ, प्रमााणपत्र र  मेडल तथा प्रथम हुनेलाई ३० हजार सहित  प्रमाणपत्र र मेडल पुरस्कारका रुपमा राखिएको छ । इन्ट्री फि ३ हजार ५१ रुुपैयाँ रहेको आयोजक कमिटीका सदस्य अरुण लिङ्दमले बताए। मंसिर १७ गते मङ्सिरे पुर्णिमाका दिनदेखि मेला सुरु गरिने भएता पनि यस वर्ष प्रदेशसभा र प्रतिनिधिसभा चुनावका कारण १५ गते देखि नै शुरु हुने भएको छ । खेलमा सहभागी हुन १४ गते देखि १५ गते १० बजे मेला शुरु हुुुने बेेेेलासम्म इन्ट्री गर्न सकिने आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *