मोरङमा काङ्ग्रेसले एक सिट पनि जित्दैन – भानुभक्त ढकाल

भानुभक्त ढकाल ने.क.पा एमालेका प्रभावशाली एवम् असल राजनीतिक चरित्रका नेता हुन्  ।तेह्रथुमको ओख्रे गाविसमा २०१८ सालमा जन्मिएका ढकाल मंसिर २१ हुने निर्वाचनमा मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । अनेरास्वयुको प्रारम्भिक कमिटीबाट राजनिति सुरु गरेका ढकाल नेकपा एमालेका पुुुुर्व प्रमुख सचेतक तथा हाल पोलिटब्युरो सदस्य हुन् । उनको भिडन्त नोबेेल हस्पपिटल बिराटनगरका  सन्चालक सुनिल शर्मासंग हुँदैछ ।- उत्तम पोख्रेल

चुनावी प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

जनताको घरदैलोसम्म पुगेर यहाँका  जनताका समस्या बुझदै बिकास निर्माणका कामलाई नियाल्दै क्षेत्र न.३ का सम्भावना र चुनौतिलाई हेर्दै चुनावको तयारी गर्दै छु । बिहान उठेर होटलमा नभई मतदाताको घरमा गएर चिया खाने मेरो पहिलो काम हो ।

तपाइँका चुनावी एजेन्डा के–के हुन् ?

यसपटक म निर्वाचित भए वाम गठबन्धनले सार्वजनिक गरेको घोषणा पत्रअनुसार सम्पूर्ण काम गर्छु । यसको अक्षरसः पालना हुनेछ । यद्यपि, मेरा आफ्नै एजेन्डा पनि छन् । विकास निर्माणको गति यहाँ सुस्त छ । नयाँ जनप्रतिनिधि आएपछि केही काम भएका छन ।  तथापी केन्द्रको आँखा क्षेत्र नं ३ मा पुग्न सकेको छैन । विकास निर्माणका कुनै पनि काम समय सिमाभित्रै गराउने मेरो प्राथमिकता रहनेछ ।

क्षेत्र ३ मा रहेको अव्यवस्थित बसोबासलाई व्यववस्थित बनाउने छु । सबै भन्दा समस्याका रुपमा रहेको पुर्वाञ्चल विश्व विद्यालय हो । त्यहा केहि व्यक्तिले प्रलोभनमा पारेर आफना मेडिकल कलेज सुक्ने डरले त्यहाँ विकास हुन दिएका छैन । राज्यको लगानी खोलै खोला गईरहेको छ । गरीव जनताका छोरा छोरीले सर्वसुलभ तरिकाले पढ्न पाएका छैनन् । घरको भात खाएर पढ्ने ठाउँको सट्टा महँगो तिरेर विराटनगरमा पढ्नुपर्छ । म त्यसको अन्त्य गर्छु, कृषिमा यान्त्रीकरण, धार्मिक सद्भावको विकासलगायत काम मेरा प्रथामिकतामा हुनेछन् । म झुटो बोलेर झुटको खेती गर्ने मान्छे होइन । म मतदाताको घरमा पुग्दा जे बोलेको छु, त्यही गर्छु । म झुट बोल्दिनँ, जे बोल्छु त्यही गर्छु लेखेर राख्नुहोस् । यो क्षेत्रमा सबैभन्दा ठुुलो सुकुुम्बासी  समस्या रहेको छ । उनिहरुको पिडा मैले बुझेको छु । पहाडको कुना कन्तरामा हुर्केको म यस्ता समस्या बुझ्छु । म दुई नम्बरी काम जान्दिन ।

तपाईं उम्मेदवार भएको क्षेत्र कांग्रेसले विभिन्न शिबिरहरु चलाई रहेको छ, तपाइँको त नयाँ अनुहार जित्नेमा कतिको ढुक्क हुनुहुन्छ ?

म उम्मेदवार भएको क्षेत्र पहिला देखि नै वाम गठबन्धन बलियो भएको क्षेत्र हो । संबिधान जारी भएपछि राज्यको नयाँ संरचना हुँदा पनि कांग्रेसका साथीहरुले यो क्षेत्र चाहिं कम्युनिस्टलाई दिऊ भनेर छुट्याएका हुन् ।

तर त्यतिबेला कांग्रेस बलियाे थियो मोरङमा, उसकै सांसद धेर थिए । अहिले त उहाँहरु रुन मात्रै सक्नु भएको छैन । काङ्ग्रेसले मोरङमा एक सिट पनि जित्दैन । शिबिर चलाएर झुटको राजनित गर्नु छैन मलाई । शिबिरका नाममा ब्रमलुट गरेको मतदाताले बुझेका छन् । पढदै गरेका विद्यार्थीलाई डक्टर भन्दै औषधी चाहीं किन्न लगाएर शिबिरमा गएका बिरामीलाई थप पिडा दिने काम मात्रै गरेका छन् । अहिले जनता पहिलेजस्तो त्यत्ति मूर्ख छैनन् ।

कुनै स्थानमा एक छिनमा देखिने सर्प त्यसपछि एकैछिनमा त्यहाँ देखिँदैन । निर्वाचन क्षेत्र पनि उस्तै हो । म जनताको बीचमा झुट बोल्ने नेता होइन । त्यसकारण मलाई यो क्षेत्रका जनताले विशेष माया गर्नुहुनेछ । मैले विश्वासको मत पाउँछु करिब साढे ३० हजार मतका साथ चुनाव जित्छु । मैले अहिले सपना पनि जितेकै र विपना पनि जितेकै देखिरहेको छु ।

तपाईंका निर्वाचन जितेपछि का योजना के के हुन ?

म पार्टीमा राजनीति अहिलेसम्म गरीरहेको छु । अहिलेसम्म निस्वार्थ रुपमा जनताको काम गरिरहेको छु, भोली पनि गर्छु । मलाई भवगानले पनि सधैं स्वार्थ नगरी जनताको काम गर्नु भनेर पठाएका रहेछन् । मलाई अहिलेसम्म काम गर्न पुगेकै छ, भोलि पनि गर्छु । मैले सबैभन्दा ठुलो समस्या स्वास्थ्य क्षेत्र र विद्यालयको देखेको छु । यो क्षेत्र मात्रै होईन उत्तरी मोरङमै सामान्य उपचार भन्दा अन्य केहि पनि हुँदो रहेन रहेछ ।

त्यसो त ठुला अस्पतालहरु नक्कली प्रमाण पत्र बोकेर मोडिकलका नाममा अस्पताल चलाई रहेका छन । तिनको अन्तय गर्छु । शैक्षिक क्षेत्रको उतिकै खाँचो छ, जितेको ५ बर्ष भित्र नमुना क्षेत्र बनाएर छाडछु ।

यो क्षेत्रमा त बढी अन्तर्घात हुँदैछ भन्ने पनि हल्ला छ नि ?

हो तपाईले जे सुन्नु भो सहि सुन्नु भो, यो हल्ला छ । तर यो हल्ला मात्रै हो । यस कुरामा म पटक्कै विश्वास गर्दिनँ । हाम्रो पार्टी वा वाम गठबन्धनबाट कुनै पनि किसिमको अन्तर्घात हुन्छ भन्ने मलाई लाग्दैन । यसपटक मेरो क्षेत्रमा मात्रै हैन, अन्य स्थानमा पनि अन्तर्घात हुने सम्भावना नै छैन ।

तपाइँलाई त टुरिष्ट उम्मेदवार भन्दा रहेछन नि ?

राजनीतिमा टुरीष्ट भनेको के हो अहिलेसम्म मैले बुझेको छैन । जो राजनीतिमा स्थाई रुपले लागेको छ, उ कसरी टुरीष्ट हुनसक्छ ?  स्वार्थको राजनति गर्ने चाहिं टुरिष्ट नहुने अनि बिना स्वार्थको राजनिति गर्ने चाहि टुरिष्ट हुन्छ ?  कहिले एमाले, कहिले माओवादी, कहिले कांग्रेस हुने चाहिं टुरिष्ट नहुने अनि म चाहिं कसरी टुरिष्ट ? कि नेपालमा सुकुम्वासीले राजनीति नै गर्न नपाउने ?  आफना नाममा कहीं जग्गा हुदैन भने के उसले राजनीति नै गर्न नपाउने ? नेपालको संबिधानमा जुनसुकै नेता जहां गएर पनि राजनीति गर्न पाउने ब्यबस्था रहेको छ ।

त्यसमा पनि  सुन्दरहरैचा क्षेत्रमा मेरो  जग्गा जमिन छ । मेरो परिवारबाट दाजु भाउजुको २० बर्ष अगाडीदेखि यहीं बसोवास  छ । त्यसकारण म टुरिष्ट होईन जस्ले भन्छ, उहाँहरु नै टुरीष्ट हो ।

अन्त्यमा, केही भन्नुहुन्छ ?

क्षेत्र नम्बर ३ का मतदातालाई मलाई अत्यधिक मत दिएर विजयी गराइदिनुहुन अनुरोध गर्छु । ताकि, त्यो क्षेत्र भोलि चाँडै विकासमा अघि बढ्न सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *