बल्ल तीनवटा बैंक भए केराबारीमा

हालसालै एनआइसी एसिया बैंकको शाखा खुलेपछि  केराबारीमा केन्द्रिय स्तरका  बैंकहरुको संख्या तीन पुगेको छ ।

       केराबारी गाँउपालिका ८ मा कार्तिक अन्तिम सातादेखि एनआइसी बैकको १ सय ३२ औं  शाखा संचालनमा आएपछि बैंकहरुको संख्या तीन पुगेको हो ।  बैंकको गाउँपालिका प्रमुख रोहित कार्कीले रिबन काटेर बैंकको उद्घाटन गरेका थिए ।
  सो अबसरमा ९० अर्वभन्दा वढी कर्जा लगानी गरी ग्राहकरुको मन जित्न सफल भएको र ५ वर्षभित्रमा देशकै नम्बर १ बैंकको  रुपमा पुरयाउने लक्ष्य रहेको जानकारी दिइयो  ।  बैंकले जस्तो ग्राहकरुलाई सम्बोधन गर्ने गरी विशेष सुविधा दिन सर्वोत्कृष्ट व्याज दर उपलब्ध गराउदै आएको क्षेत्रिय प्रमुख लक्ष्मण चालिसेले वताउनुभयो । बैंक उद्घाटनको अवसरमा चालिसेले बैंकले कृषि, बाणिज्य, भेइकल, घरकर्जासंगै सुन कर्जाको कारोबार गर्ने तयारी भइरहेको बताउनुभयो ।

यसभन्दा पहिले दशै अघिदेखि  ‘ख’ श्रेणीको सप्तकोशी विकास बैंकको शाखा सन्चालनमा  छ । केहि बर्ष अघिदेखि केराबारी बजारमा ‘क’ श्रेणीको एनएमबी बैंक संचालन हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *