लालबाबु पण्डितलाई चुनाव खर्च दिनेको ओइरो

मोरङ / मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिसभाका उम्मेदवार लालबाबु पण्डितलाई अष्ट्रेलिया निवासी एक नेपाली महिलाले निर्वाचन खर्चको रुपमा पाँच लाख नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छिन् ।

अष्ट्रेलिया निवासी तेह्रथुमकी राधिका पोखरेलले आफ्नो ट्रष्टमार्फत पण्डितलाई पाँच लाख एक सय ११ रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा राधिकाका दाजु नारायण पोखरेल र भाई चन्द्र पोखरेल तथा ट्रष्टका अध्यक्ष भगिश्वर लिम्बूले संयुक्त रुपमा चेक हस्तान्तरण गरे । पोखरेलले पण्डित जस्ता नेपाली राजनीतिका निष्कलंक, छविका व्यक्तिले चुनाव जितेको हेर्न मन भएकोले सहयोग गरेको बताएकी छिन्  ।

पण्डितले राज्यले दिएको निर्वाचनमा खर्च गर्ने परिधिभित्र रहेर सहयोग लिने बताए । पोख्रेलले विभिन्न संघ/संस्था तथा स्वास्थ्य, शिक्षाको क्षेत्रमा १ करोडभन्दा बढी रकम सहयोग गरेको ट्रष्टका अध्यक्ष लिम्बूले जानकारी दिए । पण्डितलाई कतारबाट नेपालीहरुले संयुक्त रुपमा ६० हजार रुपैयाँ सहयोग गरेका छन् भने अन्य ठाउँबाट पनि सहयोग गर्ने प्रतिबद्वता आइरहेको कार्यक्रममा जानकारी दिइयो ।

चुनाव जितेपछि प्रतिद्वन्द्वीलाई आफ्नै हातले लड्डु खुवाउने र परिचय गर्छु ‘

सो अबसरमा बोल्दै पण्डितले आफूले चुनाव जितेपछि प्रतिद्वन्द्वीलाई आफ्नै हातले लड्डु खुवाउने र परिचय गर्ने बताए । पण्डितका प्रतिद्वन्द्वी कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो प्रतिद्वन्द्वीलाई चिन्दिन भनेको प्रसंग कोट्याउँदै पण्डितले यस्तो बताएका हुन् ।

पण्डितले आफूले विगतमा पनि भ्रष्टाचार नगरेको र अब भविश्यमा पनि भ्रष्टाचार नगर्ने प्रतिबद्वता व्यक्त गरे । राजनीतिक पद बेचेर पैसा माग्ने प्रवृत्ती बढेको प्रति व्यंग्य गर्दै पण्डितले यस्तो प्रवृत्ती रहे देश पनि नबन्ने र सम्बन्धीत नेता पनि सकिने बताए । (खबर पुर्वान्चलको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *