‘स्थिर सरकार र बिकासका लागि बाम गठबन्धनलाई भोट’

नारायण कुमार राइ, धनकुटा । चुनावी अभियानमा रहनुभएका बाम गठबन्धनका साझा उमेद्धार राजेन्द्र राईले स्थिर सरकार निर्माण गरी देश बिकास गर्न आफू र बाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

गठबन्धनले राजारानीमा गरेको चुनावी अभियानमा बोल्दै राईले स्थिर सरकार निर्माण गरी देशमा दिगो बिकास गर्न आग्रह गर्नुभएको हो ।

‘लोकतान्त्रीक नीतिले एक बर्षमा ३ पटक सरकार परीवर्तन गर्ने अबस्था आयो’उहाँले भन्नु भयो–‘स्थिर सरकार नहंदा देशमा बिकासका काम हुन सकेन ।’

बाम गठबन्धन कैे सिको गरेर बनाईएको लोकतान्त्रीक गठबन्धन राजतन्त्र,लोकतन्त्र,धार्मिक तत्र जस्ता छरपष्ट बिचार पाटी भएकाले उनीहरुबाट बिकास नहुने राईको भनाई थियो ।

एमाले र माओवादी २ शक्ति सरकारण देशमा संविधान लेखन,स्थानिय तहमा सिंह दरबारको अधिकार आएकाले अब फेरी शिक्षा,स्वास्थ्य रोजगारका लागि बाम गठबन्धनलाई भोट दिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभाका उमेद्धार निरन राईले आफ्नो सरकार सरकारमा पुग्दा बृद्धभत्ता बढाएको,माओवादीले नै वर्तमा आधिकारहरु दिन संघर्ष गरेकाले बाम गठबन्धन बिरुद्ध गरिएका हल्लाहरु झुटको खेती भएको बताउनु भयो ।

उहाँले आफू बिजयी भएमा राजारानी, र देवीटार खेलमैदान बनाउने,रानीताल सुधार गर्ने,मिलन चौक–बोधे,साम्मेवा–सोक्रोप्पा–अठारसय,आईतबारे–सोक्रप्पा सडकको स्तर उन्नती गर्न प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा पूर्व सभासद् टिकाराम चेम्जोङ्गले आफ्नो कार्यकालमा ५ करोडको योजनामा स्वीकत गर्नुभएको मध्ये चौबिसे राजमार्गलाई कालोपत्रे बनाउन लागि परेको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका समानुपातिक उमेद्धार बिनादेवी यम्फू राई,नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य खजिन्द्र राई,दलबहादुर मगर,नेकपा एमाले जिल्ला कमिटी सदस्य रविन्द्र न्यौपाने लगायतले मन्तब्य राख्नुभइको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *