युवतीहरूलाई बलात्कार गर्दै छाडा भिडियो बनाउने केटो पक्राउ

नेपालगञ्ज/ माया प्रेमको जालोमा पारी सामुहिक बलात्कार गरेर अश्लिल भिडियो बनाउने एक युवा प्रहरीको फन्दामा परेका छन् ।
सामुहिक बलात्कार गरि बनाईएको अश्लिल भिडियो देखाउँदै पीडित माथि बारम्बार बलात्कार गरी फरार रहेका मुख्य प्रतिबादीलाई पक्राउ गरी बाँके प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार, प्रेम गर्ने भनेर ललाई फकाई मादक पर्दाथ सेवन गराई साथीहरुको सहयोगमा बलात्कार गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका वडा नं १२ बस्ने बर्ष २२ को राजु बुढाक्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

अभियुक्त राजुले गत २०७४ जेठ १० गते राती साढे ९ बजेको समयमा आफ्ना साथीहरुको सहयोगमा पीडित परिवर्तित नाम संकेत ६५(४) लाई प्रेम गर्ने भनी बहाना बनाई ललाई फकाई गरि जवरजस्ती करणी गरी अश्लिल भिडियो समेत निर्माण गरेको आरोपमा कोहलपुर प्रहरीले मुद्दा दर्ता गरेको थियोे ।
सो घटनामा राजुकै साथीहरु बर्ष १९ का दिपेश डाँगी र बर्ष २० का सागर शाही समेतले पीडितलाई कोहलपुरको चपरगौडी बजारमा लगि मादक पदार्थ बियर खुवाई तिनै जनाले कोहलपुर नगरपालिका वडा नं १३ सिम्रीस्थित सामुदायिक जंगलमा लगि जबरजस्ती करणी गरेका थिए । घटना पछि सबै फरार थिए । दिपेश र सागर अझै फरार छन् । प्रहरीले उनीहरुको खोजि गरिरहेको जनाएको छ । अभियुक्त राजुले सुरुमा जबरजस्ती करणी गरेपछि दिनेश र सागरले मोबाईलबाट अश्लिल भिडियो बनाई निजहरुले समेत सोही भिडियो पीडितलाई देखाई डर, अनुचित प्रभावमा पारी सामुहिक जबरजस्ती करणी गर्ने गरेको र सो घटनाको अश्लिल भिडियो सार्बजनिक भए लगत्तै पीडकहरु उपर ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा भदौ १७ गते सामुहिक जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

सो घटनामा संलग्न अभियुक्तहरु भागि फरार भएकोमा प्रहरी टोलीले निजहरुको खोज तलासको क्रममा कात्तिक ३ गते अभियुक्त राजुलाई बर्दिया जिल्लाको बासगढीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *