सुन्दरहरैचाको बजेट ९४ करोड , गोठगाउंमा प्रदेशको राजधानी बनाउन माग

गोठगाउमा रहेको पुर्वान्चल बिश्व बिद्यालयलाई प्रदेशको राजधानी बनाउन माग गर्ने निर्णय गर्दै सुन्दर हरैचा नगरपालीकाको नगरपरिषद बिहिवार सम्पन्न भएको छ ।

नगरपरिषदले ७३ करोड ६९ लाख ९२ हजार ८ सय ९४ रुपैया वरावरको बजेट समेत सार्वजनिक गरेको छ । नगरले आर्थीक बिकासमा १ करोड ८५ लाख बजेट छुट्याएको छ भने सामाजीक बिकसामा २ करोड १८ लाख, पुर्बधार बिकासमा ४ करोड ४५ लाख बाताबरण तथा बिपद ब्यबस्थापनमा १ करोड ३० लाख सार्वर्जनिक सेवा त्था क्षमता बिकास कोषमा १ करोड ४४ लाख तथा अन्य सिर्षकमा बजेट सावर्जनिक गरेको नरपालीकका कार्यकारी अधिकृत गणेश राज कार्कीले बताए ।
नगरपरिषदले पहिलो पटक शव वहानको समेत ब्यबस्था गर्ने भएको छ । बेलबारीमा रहेको लोहान्दा्र तथा सुन्दर हरैचा र ईटहरीको सिमामा रहेको बुढी खोलामा रहेको समाधि स्थल सम्म शब निशुलक पुर्याउने समेत निर्णय गरेको मेयर शिबढकालले बताए ।
केहि समय अघि बिबादमा रहेको नगर परिष्दले एक रुपैया पनि सचारका क्षेत्रमा भने बजेट छुट्याएको छैन । एउटै प्रकृतिका दुई शिर्षका भने नगरपरिष्दले साडे तिन करोड भन्दा बढि बजेट छुट्याएको छ ।

नगरपरिष्दले बाताबरण तथा बिपद ब्यबस्थापनमा शिर्षक दिएर १ करोड ३० लाख छुट्याएको छ भने उस्तै शिर्षकमा २ करोड भन्दा वढि बजेट छुट्याएको छ । प्रकोप ब्यबस्थापन कोषमा २ करोड ४० लाख बजेट छुट्याईएको छ। नगरले आनतरीका आय भने ९ कारोड ४४ लाख ४४ हजार ८ सय ९४ रुपैया हुने अनुमान गरीएको छ । एक बर्ष भित्रमा नमुना नगर बनाउने समेत नगर परिषदमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *