Samyentra Dot Com

गृहपृष्ठ » अन्तरबार्ता, फिचर स्टोरी, मुख्य खबरयी योद्धा जसलाई हानेको गोलीले गाण्डिव शहिद भएका थिए

यी योद्धा जसलाई हानेको गोलीले गाण्डिव शहिद भएका थिए

November 15, 2017३०७ पटक

नवराज कट्टेल
कति बाटो विराउँछन्, कति देउरालीमा थाक्छन् त कति शिखरमा पुगेर यात्रा सफल बनाउँछन्–मदन भण्डारी र अशोक राईले विगतमा आफूलाई दर्शाएको सम्झना छन्, जीवन घिमिरेसँग ।

एमाले केन्द्रीय सदस्य घिमिरे अग्रज नेताकै दर्शन र विचारसँग एकाकार हुँदै आसन्न निर्वाचनमा मोरङको ४ (ख) प्रदेशसभा उमेदवार बन्नुभएको छ ।
शम्भुराम श्रेष्ठ नेतृत्वको को–अर्डिनेशन केन्द्र (२०३५), पछि माले हुँदै झापाबाट राजनीतिक यात्रामा रहनु भएका घिमिरेलाई आफ्ना राजनीतिक गुरु चित्र निरौलाको सन्दर्भ जोडेर मदन र अशोकले सम्झाउनु भएको थियो ।
राजकाज मुद्दा लागेपछि सुनसरी धरान आउनु भएका घिमिरेले आफ्नै राजनीतिक गुरु निरौलालाई पूर्व क्षितिज पुस्तक पसल व्यवसायिको रुपमा २०३९ मा त्यंहि भेट्नु भयो । त्यसपछि राजनीतिप्रति केहि बितृष्णा जागेपछि उहाँलाई भण्डारी र राईले अभिप्रेरित गर्नु भएको हो ।
झापादेखिनै पार्टी सांगठानिक प्रणालीमा जोडिनु भएका घिमिरे शिवगञ्जको जनआदर्श मा.वि.मा स्वतन्त्र विद्यार्थी यूनियनको सभापति, जिल्ला संयोजक, सचिव भएर सुनसरी सरुवा भएको बताउनुहुन्छ ।
ज्यानमार्ने आरोपमा झुटा मुद्दा खेप्नु परेपछि एसएलसी दिँदा समेत घिमिरे प्रहरीको खोजी सूचिमा हुनुहुन्थ्यो । त्यहि कारण घिमिरेका लागि झापा आन्दोलनका लागि सुरक्षित भएन । सुनसरीमा निरन्तर मदन र अशोकको सम्पर्कमा रहँदै घिमिरेले धरान पार्टी नगर सचिवदेखि विद्यार्थीको पूर्वाञ्चल प्रमुख तथा संगठन विभाग प्रमुखसम्म बन्नुभयो ।
शिक्षक विद्यार्थी संयुक्त आन्दोलनको २०४२ सालमा अगुवाई गर्नु भएका घिमिरेमाथि छाता चौकमा गोलि समेत हानिएको थियो । ‘सम्झन्छु मलाई हानेको गोलिले गाण्डिव श्रेष्ठ शहिद हुनुभयो’ मलिन हुँदै घिमिरे भन्नुहुन्छ–’मदन भण्डारीकै माग अनुसार विद्यार्थी आन्दोलनको नेतृत्व गरें ।
भूमिगत समयमा झापा र सुनसरीको अनुभव लिनु भएका घिमिरे २०४३ मा मोरङको पार्टी सम्हाल्ने पठाईनु भएको थियो । ‘महाधिवेशन आउँदै थियो, मोरङका तत्कालिन पार्टी सचिव पदम चुँडाल पञ्चायतको एजेण्ट भएको खुलासा भएपछि इमान्दार मानिएका घिमिरेलाई मोरङमा पठाइएको थियो । मदन सचिव र घिमिरे उप–सचिव भएर विराटनगरको पार्टी आन्दोलन बढाउनु भएको थियो । त्यो समितिमा लव प्रधान, सुवोध प्याकुरेल र घृत न्यौपाने हुनुहुन्थ्यो ।
त्यसपछि मदनसँग घिमिरेले सँगै काम गर्नु भएन । भण्डारी महासचिव हुँदै काठमाण्डौं सरुवा भएसँगै घिमिरेले सुरेन्द्र पाण्डेसँग काम गर्नु भएको थियो । २०४६ को जनआन्दोलमा संयुक्त वाममोर्चाको बाहिरी मोर्चामा घिमिरे र नेपाली काँग्रेसकातर्फबाट रमाप्रसाद रिजालले नेतृत्व सम्हाल्नु भएको थियो । आन्तरिक व्यवस्थापन र परिचालन भने पाण्डेले गर्नुभएको घिमिरेले बताउनुभयो ।
मोरङमा लामो समयसम्म नेतृत्वदायी कम्यूनिष्ट आन्दोलनमा भूमिका निर्वाह गर्नु भएका घिमिरे २०४६ सालपछि २१ वर्षसम्म जिल्ला सदस्यको रुपमा निरन्तर खटिनु भएको छ ।

बहुदलपछि घर फर्कनु पर्ने पार्टी नीति र व्यक्ति आफैं उत्पादनसँग जोडिनु पर्ने महासचिव भण्डारीको भनाईसँगै घिमिरेले आफ्नो कर्मथलो मोरङलाई नै बनाउनु भएको हो । पार्टीको काम गर्न इमान्दार व्यक्तिको रुपमा चिनिनु भएका नेता लालबाबु पण्डित र घिमिरेले त्यसपछिको समय मोरङलाई कम्यूनिष्ट भूमिको रुपमा स्थापित गर्नमा निरन्तर लागिरहनु भएका इमान्दार र सरल जीवनशैलीका नेता मानिनुहुन्छ ।
‘सहायक र साइड काम खोज, उत्पादनमा लाग’ भन्ने बहुदलपछिको पार्टीको भनाईसँगै घिमिरे पुस्तक व्यवसायीको रुपमा समेत विराटनगरमै परिचित हुनु भएको थियो । सादा र सरल जीवनशैली अपनाउनु हुने घिमिरेलाई अन्र्तमुखी स्वभावको आरोप लाग्ने गरेको छ । तर, राजनीतिक इमान्दारितामा घिमिरे सधैं अडिग रहने नेतामा पर्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad