Samyentra Dot Com

गृहपृष्ठ » न्युजडिगबहादुरले जित्ने अाशमा छन् कांग्रेसीहरू

डिगबहादुरले जित्ने अाशमा छन् कांग्रेसीहरू

November 14, 2017१५६ पटक

उर्लाबारी /  मोरङ क्षेत्र नं. १ मा  प्रतिनिधिसभा सदस्यका लागि  कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका  नेता डिगबहादुर लिम्बूले जित्नेमा कांग्रेसीहरू अाशाबादी देखिएका छन्।

निरकुंश पञ्चायती व्यवस्था देखि गणतन्त्र ल्याउने इतिहासको अनेक कालखण्डमा पनि संघर्ष गरेका अनि  डिगबहादुरले िजत्नेमा उनीहरू अाशावादी बनेका हुन् । उत्तरी मोरङबाट उदाएका डिगबहादुर यहाँको राजनीतिक तथा सामाजिक गतिविधिमा अग्रणी भूमिका निर्वाह गरेकाले गनले िजत्ने कार्यकतार्हरूकाे िवश्वास छ  ।

२०७० सालमा सांसदमा निर्वाचित भएका डिगबहादुरले सडक निर्माण, नदी तटबन्ध, विद्युत विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा केही महत्वपूर्ण काम गरेका थिए ।  उर्लाबारी–टाँडी जोड्ने मिक्लु खोलामा पुल निर्माणका लागि उनले साढे ११ करोडको डिपिआर तयार गराउन सफल भए । यसबाहेक धरान– याङशिला– केराबारी– लेटाङ– जाँते– टाँडी– मधुमल्ला– दमक हुँदै बाहुनडाँगी जोड्ने वैकल्पिक राजमार्गको रूपमा थालनी भएको चुरे फेदी सडक विस्तार तथा पूर्वाधार  सडक निर्माणका लागि पनि उनी लागिपरेका िथए  ।

राजनीतिलाई  समाजसेवा सम्झेर निरन्तर सेवामा सक्रिय लिम्बूको जित मोरङ क्षेत्र नं. १ को विकास र स्थायित्वका लागि जरूरी रहेको उर्लाबारी नगरपालिका ५ का गोविन्द कार्की बताउँछन् ।  विकास निर्माणको नाममा राजनीति गर्ने ठूल्ठूला गफ गर्ने र काम मात्र गर्ने बीचमा फरक छुट्याउनका लागि पनि लिम्बूको जित जरूरी रहेको उर्लाबारी नगरपालिका १ का गोविन्द भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad