Samyentra Dot Com

गृहपृष्ठ » देश/राजनीतिटीकापुरका बाढीपीडितलाई राहत हस्तान्तरण

टीकापुरका बाढीपीडितलाई राहत हस्तान्तरण

November 14, 2017६० पटक

मान बहादुर के.सी. ‘मुस्कान’,कैलाली 
         संयुक्त राहत संयन्त्र युएईको पहलमा संकलित राहत सुदूर पश्चिम सेवा समाज युएई मार्फत कैलालीको टीकापुरमा बाढीपीडितलाई हस्तान्तरण गरिएको छ ।
कात्तिक २७ गते शनिबारका दिन कैलाली जिल्ला टिकापुर नगरपालिका बाढीले क्षतिग्रस्त भएका वडा नं. ६ का चार परिवार र वडा नं. ७ का २ गरी ६ परिवारलाई राहत स्वरूप करिब एक लाख मुल्य बराबरका कर्कटपाता हस्तान्तरण गरिएको हो ।
राहत वाफत कर्कटपाता पाउदा धेरै खुशी महशुस भएको अब भत्केको घरलाई नया बनाउने भर्तापुरका बाढीपीडित धनीराम चौधरीले बताए । उनले सहयोगको भरमा नयाँ घर नबन्ने आफ्नो पर्यत्न पनि चाहिने भएकाले राहत सामग्री र आफ्नो तर्फबाट गर्न सक्ने कार्यले अवको केही दिनमा नयाँ घर बनाउने बताए । ‘जति छ त्यत्तिमै सन्तुष्ट हुनुपर्छ, एकै पल्ट राम्रो सुन्दर घर बन्दैन, घरमा रहेको सामान प्रयोग गरी नयाँ घर बनाउने जोहोमा छु’ उनले भने ।
संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीले बाढीपीडितलाई पठाएको राहत रकमले उक्त परिवारलाई कर्कटपाता प्रदान गरिएको हो । राहत वाफत ६ परिवारलाई दुई/दुई बण्डलका दरले कर्कटपाता प्रदान गरिएको छ । कर्कटपाता पाए पछि अब थप केही रकमको जोहो गरी नयाँ घर बनाउने भर्तापुरका दुर्गादेवी बुढाले बताईन । उनले घरमा रहेको अन्य पाता मिलाएर नयाँ घर बनाई शितलहरबाट बाँच्ने आशा जागेका बताए । घरमा अन्य कमाउने कोही छैन । मलाई अझै पनि सहयोग अपेक्षा छ, बुढाले भनिन् ।
प्रकोपले मानवलाई मात्र हैन सबैलाई दु:ख दिने भएकोले युएईमा रहेका नेपालीले मानविय रूपमा सहयोग गरेको र सहयोगले विकास हुने टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद आर्चायले बताए । उनले प्रकोपको बेला अन्य धन भन्दा ज्यान महत्त्वपूर्ण रहेकोले दु:खले शिक्षा मिल्ने, वातावरणमा अनुकुलन हुन सिकाउने बताए ।
संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीहरुले आफ्नो चिया खर्च बचाएर संयुक्त राहत संयन्त्र युएईको पहलमा जुटाएको राहत रकम मध्ये कैलाली जिल्लाका बाढ पीडितका लागि छुट्याईएको एक लाख रुपैयाँ सुदूरपश्चिम सेवा समाज युएई मार्फत पठाएको पत्रकार एकिन्द्र तिमिल्सिनाले जानकारी दिदै दु:खको घडीमा सहयोग गर्ने सुदूर पश्चिम सेवा समाज युएईलाई र संयुक्त राहत संयन्त्र युएईलाई धन्यवाद दिएका थिए ।
राहात वितरण कार्यक्रममा बोल्दै पत्रकार गणेश चौधरीले पत्रकारको भूमिका महत्त्वपूर्ण रहेकोले पत्रकारहरू दु:ख सुखको सारथी बन्ने, एक आपसमा सम्बन्ध कायम गर्ने भएकाले पीडितलाई राहतको सहकार्यका सधै पत्रकार रहि रहने बताए ।
पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटले विदेशमा रहेका नेपालीले पठाएको राहतले राहत मात्र नभई नेपाली बिचको आत्मियता रहेकोले सहयोग महत्त्वपूर्ण रहने बताए । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका सल्लाहकार धनबहादुर बुढामगरले राहात जुटाएकोमा सुदूर पश्चिम सेवा समाज युएईलाई र संयुक्त राहत संयन्त्र युएईलाई धन्यवाद दिएका थिए । उनले विदेशमा नेपालीलाई जति दु:ख भए पनि नेपाल र नेपाली प्रतिका माया प्रगाढ हुने भएकाले नेपालीको दु:खमा नेपालीले अग्रसर भई विगत देखि अहिले सम्म सहयोग गरि रहेको बताए ।
एकिन्द्र तिमील्सिनाको सहयोगबाट ।

Thanks & Regards !!
देउडाप्रेमी- मान बहादुर  के.सी. ( मुस्कान  )
Fujairah U.A.E.
            shanti.sns2008@gmail.com
“Nothiniimpossibl? Everythinipossible
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad