Samyentra Dot Com

गृहपृष्ठ » साहित्यकुबेरहरुको घूइचो … कविता

कुबेरहरुको घूइचो … कविता

November 14, 2017२३८ पटक

ठाकुर प्रसाद वराल

तिमीहरु
औषधी बाढ्दै छौ रे अहिले
झोला झोला मा पेट्रोल र डिजेलका पाइपहरु

तिमीहरु
डाक्टर र नर्सहरु पनि सडक सडकमै
ओछ्याइ हिंडेका छौ रे ।

तिमीहरु
श्रमहरु पनि  खेत बारीमा
छता छुल्ल पोख्दै हिंडेका छौ रे !

तिमीहरुको

भासण पोख्ने त बानी नै,ं थियो
पैसाका राशहरु गाउ गाउमा  बेपर्बाह् बिछ्याइ रहेका छौ रे ।

तिमीहरुले
आस्वासन्का पोकाहरु त पल्पल् मा डंगुर लगाउने गरेकै हो
काठमाडौं को फोहोर जस्तो  न उठाउने गरी ।

यस् पाली अलिक्  रौनकै छ तिमीहरु को
बाड्ने कुरामा कुनै कन्जुस्यायी छैन

पोहोर त रक्सी र जाड बाड्थेउ तिमीहरु
सुकुटि र बासी भात्सँग हाम्रा भोट्हरु साटथेउ

तिमीहरुसँग मुलुक कसरी  निर्माण गर्ने हो ? भन्ने कुनै सपना  छैन।
सपना पनि तिमीहरु सँग  लगानी कसरी उठाउने भन्ने मात्र हुन्छ।
उहिले पुर्खाहरु पनि कूबेरै थे
तिमीहरु का कहिले छाता बाड्थे उनिहरु
कहिले बिस्कुट त साडी बाड्थे

बाड्ने तिमीहरु को पुर्खेउली रोग्नै हो
बाटा र सडकहरु बाडेउ कही
कहि रेल र पुलहरु बाडेउ
बिद्यालय अस्पताल् र सपनाहरु त अनगिन्ती बाडेउ ।  घुइचो नगरि,ंबाड

तिमी हरुको
अहिले घूइचै देख्छु

कुबेर हरु बाढ्दै जाउ

निर्ध्क्कै,ंबाड किनकि
भोलिको लागि लगानी न हो तिम्रो
बैंकले जस्तै लगाउ लगानी  साउ र ब्याज भोली
अाइ हाल्छ ।

लोकतन्त्रमा बाड्नु त पर्छ
राजतन्त्र भएपो नबाड्नु,ं
लोकतन्त्र भनेकै बाड्ने हो नि,
धनि को खोसेर गरीबलाई

तिमीले
अलिक फरक भो कि?
भन्ने मात्र हो । गरीब को लुटेर धनीलाई
बाडि रहेछौ ।
बाड्नु त पर्छ नै,ं
कुबेर हरु को धर्म नै,ं बाड्ने त होनि ।

हिजो लुटेको बाड्ने न हो  तिमीहरुले
आफ्नै त किन हुन्थ्यो तिमीहरु सँग
अलिकति छिमेकिले दिये होलान्
अलिकति बन्दुक देखाएर लीयेउ होला
अलिकति भगवानले धुरी बाट झारी दिएका होलान्
आफ्नै कमाइ त हो
कस्लाई किन टाउको दुखाइ ?
बाड्नु है बाड्नु ..

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad