Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, न्युजकांग्रेसीहरुको घरदैलो अभियानमा सबैका आकर्षण बन्दै कलाकार नीर शाह

कांग्रेसीहरुको घरदैलो अभियानमा सबैका आकर्षण बन्दै कलाकार नीर शाह

November 14, 2017२१० पटक

काठमाडौं/ नेपाली चलचित्र जगतको वरिष्ठ कलाकार निर शाह यतिबेला काठमाडौं क्षेत्र नं. ५ का नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतको चुनाव प्रचारमा व्यस्त छन् ।

उनी आफै उक्त क्षेत्रबाट समानुपातिकमा सिफारिस भएर पनि सुची भित्र पर्न सकेनन् । तर पनि शाहले कांग्रेस उम्मेदवारहरुको पक्षमा भोट मागि रहेका छन् । घरदैलोदेखी भेला र बैठकहरुमा शाह आर्कषणका केन्द्र बनेका छन् ।
मुलुक कम्युनिष्ट अधिनायकवाद तर्फ उन्मुख भएकाले कांग्रेसको जित अत्यावश्यक भएको ठहर उनको छ । भन्छन् – ‘लोकतन्त्र बचाउनका लागि कांग्रेसको जीत आवश्यक छ ।’ तत्कालिन दरबारका नातेदार शाहले एक कार्यक्रममा राजा महेन्द्रलाई अपराधीको संज्ञा दिए । २०१७ सालमा महेन्द्रले कांग्रेसलाई अपदस्त गरेर कम्युनिष्टहरु च्यापेकाले अहिले तिनै कम्युनिष्टहरु अधिनायकवादी व्यवस्थाको पक्षमा लागेको उनको आरोप छ । यो राजा महेन्द्रबाट भएको अपराध हो भन्ने उनको निष्कर्ष छ ।
क्षेत्र नं. ५ का स्थायी बासिन्दा शाहको सक्रियताले कांग्रेस कार्यकर्तामा थप उत्साह थपिएको छ । दुई पटक लगातार जित हासिल गरेको कांग्रेस तेस्रो पटक आफ्नो जित निश्चित गर्ने पक्षमा छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad