Samyentra Dot Com

गृहपृष्ठ » प्रवासराष्ट्रपति विद्यादेवि भण्डारी युएई भ्रमणमा

राष्ट्रपति विद्यादेवि भण्डारी युएई भ्रमणमा

November 13, 2017६९१ पटक

रामकुमार परियार

अबुधाबी -राष्ट्रपति विद्यादेवि भण्डारी ४ दिवसीय राजकीय भ्रमणका लागि आज संयुक्त अरब ईमिरेट्स आउने कार्यक्रम रहेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा आज नोभेम्बर १३ देखि १६ सम्म युएईको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारी युएई आउने हुनुभएको हो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नोभेम्बर १४ तारिख मंगलबार अबुधाबीमा युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानसंग औपचारिक भेटवार्ता गर्नुहुने छ । राष्ट्रपति र युवराजबीचका भेटवार्ता आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको हो ।

राष्ट्रपति भण्डारीका साथ  छोरी निशाकुसुम भण्डारी, आपूर्ती मन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनेछन्।

नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् र नेपालले सन् २००४ अप्रिल ११ मा अबुधावीमा कार्यवाहक राजदूत स्तरमा आवासीय दूतावास स्थापना गरेको हो । यस दूतावासलाई सन् २००७ डिसेम्बर ११ मा राजदूतावासमा परिवर्तन गरियो । युएईले पनि सन् २०१६ को मे १० मा नेपालमा आवासीय नियोग स्थापना गरेको हो ।

राष्ट्रपति विद्यादेवि भण्डारीको यो भ्रमणबाट यहाँका नेपाली समुदायले ठूलो आशा राखेका छ्न । यहाँ रहेका श्रमिक नेपालीहरुले आफ्नो पीडा र अनुभव सुनाउन पाईने भन्दै हर्ष व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारी  कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad