Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपालमोरङ १ मा वाम उम्मेदवारहरुको चुनावी अभियान तीब्र

मोरङ १ मा वाम उम्मेदवारहरुको चुनावी अभियान तीब्र

November 13, 2017५७८ पटक

उर्लाबारी / आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि मोरङ क्षेत्र नं. १ (क) मा वाम गठबन्धनका उम्मेदवारहरुले चुनावी अभियान तीब्र पारेका छन् ।

वाम गठबन्धनले औपचारिक रुपमा सोमबारबाट प्रचार अभियान सुरु गरेको हो । विकास र समृद्धीका लागि वाम गठबन्धनको उमेदवारहरुको जीत आवश्यक रहेको उल्लेख गर्दै उर्लाबारी वडा नं. ७ को मूनाल टोल भेलासँगै वाम गठबन्धनको चुनाबी अभियान सुरु भएको हो । वाम गठबन्धनका मोरङ क्षेत्र नं. १ प्रतिनिधि सभा उम्मेद्वार घनश्याम खतिवडा, प्रदेश सभा (क) सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू)सहितको टोली चुनाबी मैदानमा उत्रेका छन् । उनीहरुलाई जिताउन एमाले मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, मोर्चा विभाग प्रमुख रुपेश खतिवडासहितको जम्बो टिम परिचालन भएको छ । भोट माग्दै उम्मेद्वारहरुले देशको विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।
उनीहरुले जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय विकासका एजेण्डाहरुले मात्र जनतामा प्रत्यक्ष अनुभुति गर्न सक्ने भएकाले हुने र गर्नसक्ने कामहरुको सूची बनाएर जनताको घरदैलोमा आएको बताएका छन् । उम्मेद्वारहरुले उर्लाबारी–७ स्थित मावा खोलाको अवस्थाबारे अवलोकन गर्दै आफूहरुले जितेपछि पहिलो प्राथमितामा राखेर क्षेत्रभरी तटबन्धनको काम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । तीन दिन मोरङ क्षेत्र नं. १ (क) र त्यसपछि तीन दिन (ख) मा चुनाबी कोण सभा कार्यक्रम गर्ने तय भएको जनाएको छ ।

यसैबीच सोमबार नै नयाँ शक्ति नेपालबाट माओबादी केन्द्रमा प्रवेश गरेको टिमसँग अन्तरक्रिया कार्यक्रम भएको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य तिलक थापा उपस्थितिमा भएको कार्यक्रममा वाम गठबन्धनलाई जिताउन लागि पर्नुमा सहभागीहरुले जोड दिएका छन् । पार्टीका पोलिटब्यूरो सदस्य महेन्द्रजंग तामाङ, मोरङ क्षेत्र नं. १ (क) का उम्मेद्वार कुशल लगायतले बोलेका थिए ।

विकासका लागि वामपन्थी गठबन्धन

 मोरङ क्षेत्र नंं. १ को विकासका लागि वामपन्थी गठबन्धनलाई जिताउनु पर्ने उम्मेद्वारहरुले बताएका छन् ।
सोमबार नेकपा एमाले र नेकपा माओबादी केन्द्र मोरङ क्षेत्र नं. १ संयुक्त निर्वाचन कार्यालयको मोरङको उर्लाबारीमा उद्घाटन गर्दै उम्मेद्वारहरुले सो कुरा बताएका हुन् । उर्लाबारी नगरपालिका तथा लेटाङ, मिक्लाजुङ र केराबारी गाउँपालिकालाई समृद्ध बनाउन आफू प्रतिबद्ध भएर लागि पर्ने वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेद्वार घनश्याम खतिवडाले बताए  । वामपन्थीहरुलाई विजयी गराउन अनुरोध गर्दै उम्मेद्वार खतिवडाले भने–‘मोरङ क्षेत्र नं. १ समृद्ध र विकासका लागि हामीलाई एक पटक भोट दिनुहोस, हामी काम गरेर देखाउँछौं ।’
त्यस्तै, मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले वामपन्थीहरुको एजेण्डा जनताको एजेण्डा भएकाले विजयी हुने विश्वास ब्यक्त गरेका छन् । उनले पाँच बर्षभित्र मोरङ क्षेत्र नं. १ समृद्ध र नमूना क्षेत्र बनाउने आफूहरुको गुरुयोजना गरेको बताउँदै उनले भने–‘जनताले अनुभूति हुने गरी काम गरेर देखाउँछौं ।’ मोरङ क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य उम्मेद्वार उपेन्द्र घिमिरेले मुलुकलाई परिर्वतनको दिशामा लैजान अब गठबन्धनले मात्रै सक्ने बताउँदै झुटको पछि नलागि वाम गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन अपिल गरेका छन् । भौगोलिक रुपमा विकट क्षेत्रहरुको विकासलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै स्थायी सरकार र दिगो विकासका लागि एक पटक वामपन्थी गठबन्धनलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । मोरङ क्षेत्र नंं. १ मा वामगठबन्धनले जिते विकासको लहर लाग्ने उनको दाबी छ ।
सो कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य शिवमाया तुम्वाहाम्फे, माओबादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी पौेडेल ‘विवेक’लगायतले बोल्दै वाम गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै वाम गठबन्धनलाई जनताले दुई तिहाई बहुमत दिने विश्वास ब्यक्त गरेका छन् । कार्यक्रम क्षेत्रीय निर्वाचन परिचाल कमिटीका संयोजक भूपाल जिमीको सभापतित्व एबं सह–संंयोजक प्रेम मिभकको सञ्चालनमा भएको थियो ।
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad