Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपालकल्याणकारीको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

कल्याणकारीको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

November 13, 2017४७ पटक

युवराज ठकुरी/सिंहदेवी,मोरङ । उत्तरी मोरङ केराबारी गाउँपालिका-२,सिंहदेवीमा अवस्थित कल्याणकारी आधारभूत विद्यालयले  अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ,सल्लाहकार समितिका पदाधिकारीहरु,विद्यालयका शिक्षकहरुको उपस्थितिमा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि स्रोतव्यक्ती बिन्दुकुमार लाओतीको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार ठकुरीको सभापतित्व शिक्षक डब्लुबिक्रम खाण ठकुरीको सन्चालन र शिक्षक कृष्णबहादुर ठकुरीले स्वागत मन्तव्य तथा विद्यालयका प्रधानाध्यापक हेमबहादुर ठकुरीले कार्यक्रमको औचित्य माथी प्रष्ट पारेका थिए।
बालबालिकाको पहिलो पाठशाला घर, शिक्षक बाबुआमा भएकाले बालबालिकाको प्रगतिका लागि अभिभावकहरुको महत्वपूर्ण भुमिका हुने कुरामा सहजकर्ता तथा प्रमुख अतिथी बिन्दुकुमार लाओतीले जोड दिएका थिए।
बालबालिकाहरुलाई कुटेर ,गाली गरेर सजाय दिएर सही बाटोमा ल्याउछु भन्नु भ्रम मात्रै हुने हुँदा बालबालिकाको मनोबैज्ञानिक पक्ष केलाएर सजाय विकल्प खोजेर सुधारमा ल्याउन जोड गर्नुपर्ने प्रमुख अतिथि लाओतीले बताए ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad