Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपालमिक्लाजुङलाई समृद्ध गाउँ बनाउने कुशलकाे प्लान

मिक्लाजुङलाई समृद्ध गाउँ बनाउने कुशलकाे प्लान

November 12, 2017३२८ पटक

 उर्लाबारी /  मिक्लाजुङ गाउँपालिकालाई समृद्ध गाउँ बनाउने आफ्नो योजना रहेको मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले बताएका छन् ।

आइतबार एमाले र माओबादी मिक्लाजुङ वडा नं. ८ को संयुक्त वडा भेलालाई सम्बोधन गर्दै उनले पाँच बर्षभित्र मिक्लाजुङलाई समृद्ध गाउँका रुपमा विकसित गरेरै छोड्ने दाबी गरेका छन् । भौगोलिक रुपमा विकट क्षेत्रहरुको विकासलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै स्थायी सरकार र दिगो विकासका लागि एक पटक वामपन्थी गठबन्धनलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । क्षेत्रको सम्रग विकासका लागि आफूले उम्मेद्वारी दिएको प्रष्ट पार्दै उनले भने–‘ पाँच बर्षमा मिक्लाजुङलाई एउटा समृद्ध गाउँका रुपमा विकसित गराउने छु ।’

जनतालाई झुटो आश्वसन आफूले नदिएको उल्लेख गर्दै मोरङ क्षेत्र नंं. १ मा वामगठबन्धनले जिते विकासको लहर लाग्ने उनको दाबी छ । आफ्नो क्षेत्र अन्तरगत पर्ने उर्लाबारी र मिक्लाजुङको गुरु योजना बनाएर पाँच बर्षमा कार्यपलट गर्ने योजना रहेको बताउँदै यस पटक सोचेर जनताको पक्षमा काम गर्न सक्ने उम्मेद्वारलाई जिताउन पनि उनले अनुरोध गरेका छन् । माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य एबं मोरङ इन्चार्ज कुशलले जनताको घरदैलोमा पुगेर पार्टीका एजेण्डाका बारेमा प्रशिक्षित गराउन निर्देशन पनि दिएका छन् ।

त्यस्तै, नेकपा एमाले मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठले एमाले र माओबादीको चुनाबी तालमेल सकारात्मक भएको भन्दै यस पटकको निर्वाचनमा वामपन्थीहरुलाई दुई तिहाई बहुमत दिनु पर्ने बताएका छन् । ‘जनताले अब विकास र समृद्धी चाहेका छन्, त्यो वाम गठबन्धनको नेतृत्वमा मात्र पूरा हुन सक्छ’ उनले भने–‘ अब आमूल परिर्वतनका लागि वाम गठबन्धनलाई मत दिनुहोस् ।’ वडा नं. ८ चुनाव परिचालन कमिटीका संयोजक रुद्रबहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले र माओबादीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

मिक्लाजुङ–२ साखरेमा पनि प्रदेश सभा सदस्य उम्मेद्वार कुशलले अगुवा कार्यकर्ताहरुसँग आइतबारै भेटघाट गरेका छन् । मिक्लाजुङ संयुक्त युवा भेलामा पनि प्रदेश सभा सदस्य उम्मेद्वार कुशल र एमालेका सचिवालय सदस्य श्रेष्ठले सम्बोधन गर्दै वामपन्थी उम्मेद्वारलाई जिताउन अपिल गरेका छन् । (२६ कार्तिक)

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad