Samyentra Dot Com

गृहपृष्ठ » प्रवासनेपाली दूतावास युएईकी श्रम सहचारी हिरा यादवको भव्य विदाई

नेपाली दूतावास युएईकी श्रम सहचारी हिरा यादवको भव्य विदाई

November 11, 2017४४८ पटक

युएई – दुई वर्षे कार्यकाल पूरा गरि स्वदेश फर्किन लागेकी नेपाली राजदूतावास अबुधाबीमा कार्यरत श्रम सहचारी हिराकुमारी यादवलाई युएईका संघसंस्थाहरुले संयुक्त बिदाई गरेका छन् । शुक्रबार दूतावासमा एक कार्यक्रमको आयोजना गरि करिब ३३ वटा नेपाली संघसंस्थाहरुले संंयुक्त रुपमा यादवको बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा एनआरएनए युएई , झापाली समाज, नेपाल पत्रकार महासंघ , नेपाल प्रेस युनियन लगायतका नेपाली संघसंस्था तथा व्यावसायिक समूहहरुले कदरपत्रका साथ दोसल्ला ओडाई सम्मानका साथ बिदाई गरेका हुन् ।
यादवले नेपाली दुतावास अबुधाबीमा सन् २०१५ फेबु्रवरी १९ देखि श्रम सहचारीका रुपमा काम गरी रोजगारीका क्रममा युएईमा रहेका नेपाली श्रमिकहरुको पक्षमा निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै संयुक्त बिदाई गरिएको आयोजक संस्थाको तर्फबाट बिदाई कार्यक्रमका सभापति तथा एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।
नेपाली श्रमिकहरुका समस्याहरु समाधान गर्न यादवले दिनरात र छुटी पनि नभनी पुर्र्याएको योगदानको सम्मान स्वरुप युएईवासी नेपालीहरुको तर्फबाट संयुक्त बिदाई कार्यक्रमको अवधारणा झापाली समाजका प्रवक्ता रामप्रसाद ढुंगेललेले ल्याएको कार्यक्रमका संयोजक तथा झापाली समाजका अध्यक्ष रोहितकुमार भण्डारीले बताए ।
अध्यक्ष भण्डारीले श्रम सहचारी यादवको मृदुभाषी व्यवहारको प्रसंशा गर्दैे दूतावासको साधन र श्रोतले भ्याएसम्म स्थानीय कानुनलाई सम्मान गर्दै आफ्नो क्षमताले भ्याएसम्म समस्यामा परेका नेपाली मजदुरहरुको पक्षमा काम गरेको जानकारी दिएका थिए ।
बिदाई मन्तव्यको क्रममा विशेष अतिथिको रुपमा उपस्थित नेपाली समाज युएईका सचिव कृष्ण पौडेलले पनि यादवको कार्यशैली र योगदानको चर्चा गरेका थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष भुपराव बस्यालले पनि यादवको कार्यकालमा समस्यामा परेका नेपाली कामदारहरुको पक्षमा सकारात्मक कामहरु सम्पादन भएको स्मरण गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघका सचिव लक्ष्मण बलामीले बिदाई व्यक्तित्व यादवको कार्यक्षमताको प्रशंसा गर्दै उनलाई आगामी दिनहरुमा पनि आफ्नो कार्यक्षेत्रमा निरन्तर अघि बढ्न शुभकामना दिएका थिए ।
 बिदाई मन्तव्यकै क्रममा एनआरएन युएईका महासचिव कृष्ण पौडेलले युएईमा क्रियाशील ३२ भन्दा धेरै संस्थाहरु मिलेर गरिएको बिदाई कार्यक्रम एकदमै सकारात्मक रहेको भन्दै सबै संस्था तथा युएईको नेपालीहरुको तर्फबाट यावदवाई हार्दिक बिदाई गरेका थिए ।
कार्यक्रमका सभापति एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले श्रम सहचारी यादवको प्रयासले युएईमा समस्यामा परेका घेरै नेपालीहरुको उद्धार भएको स्मरण गर्दै एनआरएन युएईका अभियानहरुमा यावदले साथ दिएको स्मरण गरे । उनले बिलाई कार्यक्रमको व्यवस्थापनको जिम्मा एनआरएनले गरेको स्मरण गराउँदै युएईमा रहेका अधिकांश नेपाली संघसंस्थाहरुसँग बृहत् ढंगले हातेमालो गरेको एनआरएनको पहिलो प्रयास अत्यन्त सफल भएको र यसलाई भावी दिनहरुमा निरन्तरता दिइने जानकारी दिए । उनले सामूहिक बिदाई कार्यक्रमको अवधारणा ल्याउने र सफल पार्न सक्रियतापूर्वक लाग्ने झापाली समाज र सबै पदाधिकारीलाई आभार प्रकट गरेका छन् ।
कार्यक्रममा आयोजक संस्थाका रुपमा ३२ वटा नेपाली संघसंस्थाहरुले यादवलाई कदरपत्रका साथ दोसल्ला ओडाएर, सम्मान गरेका थिए । सम्मानित व्यक्तिव यादवले सबै आयोजक संस्था तथा अतिथि र कार्यक्रममा उपस्थित सबै नेपालीहरुलाई धन्यवाद प्रकट गर्दै नेपाल र नेपालीहरुको हितको पक्षमा अझ जिम्मेवार भएर प्रस्तुत हुन यो कार्यक्रमले प्रेरणा मिलेको बताइन् ।
नेपाली दुतावास अबुधाबीका श्रम काउन्सिलर भेषबहादुर थापाको प्रमुख आतिथ्यमा आयोजित उक्त बिदाई कार्यक्रमको संञ्चालन झापाली समाजका सल्लाहकार भरत शिवाकोटीले गरेका थिए ।
झापाली समाजको संयोजन तथा एनआरएन युएईको व्यवस्थापनमा भएको कार्यक्रममा स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय कलाकार समाज, (इनास), पाल्पाली समाज, नेवा पुचः ताप्लेजुङ समाज सेवा, ग्रिनलाइन ग्रुप अफ कम्पनी, शुभयात्रा ट्राभल, काठमाडौं दरबार रेस्टुरेन्ट, अजमान, अर्घाखाँची सम्पर्क समिति, चिवतन सेवा समाज, बागलुङ सेवा समाज, कास्की आदर्श सेवा समाजका प्रतिनिधिहरु उपस्थित थिए ।
त्यसैगरी लुम्बिनी वेल्फेयर सोसाइटी, प्रवासी अनलाइन, नमस्ते ट्राभल, कपिलबस्तु सेवा परिषद्, धादिङ सेवा समाज, दाङ देउखुरी समाज, प्रवासी भुजेल सेवा समिति, नेपाल कला संस्कृति मञ्च, नवलपरासी सेवा समाज, नेपाली समुदाय, सुदूर पश्चिम सेवा समाज, रुपन्देही सेवा समाज, गोरखा सेवा समाज, नेपाल प्रेस युनियन, दोलखाली समाज, पथरी शनिश्चरे समाज, गुल्मी सेवा समाज, मितेरी समाज, न्युज ७ नेपाल डक कम र कान्तिपुर ट्राभल आयोजक संस्थाका रुपमा सहभागी भएर संयुक्त बिदाई गरेका थिए ।
उक्त कार्यक्रममा अतिथि संस्थाका रुपमा युएईको पहिलो सामाजिक संस्था नेपाली समाज, नेपाली बिज्नेस काउन्सिल, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, हामी नेपाली एसोसिएसन र नेपाली सोसियल क्लब निम्त्याइएका थिए । कार्यक्रममा युएईमा क्रियाशील सामाजिक संस्थाहरुका प्रतिनिधि, पत्रकारहरु, कलाकारहरु तथा सर्वसाधारण नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad