Samyentra Dot Com

गृहपृष्ठ » खेलकुदरंगशाला निर्माणमा चिनियाँ कम्पनीको चासो

रंगशाला निर्माणमा चिनियाँ कम्पनीको चासो

November 10, 2017७८ पटक

दुई दिनसम्म दिनभरी जसो एक चिनियाँ निर्माण कम्पनीले पोखरा रंगशालाको निरिक्षण गरेको थियो । पोखरा रंगशालामा अवस्थित मिडिया सेन्टरमा कम्पनीका महाप्रवन्धक सहित कम्पनीका अन्तराष्ट्रिय सम्पर्क अधिकारीले कम्पनीका विभिन्न देशमा निर्माण गरेका रंगशालाका बारेमा प्रस्तुति समेत दिएका थिए ।

रंगशाला निर्माणमा दख्खल राख्ने चीनको सिमइ कन्सट्रक्सन कम्पनीका सम्पर्क अधिकारी सिमोन यिले हाल सम्म उक्त कम्पनीले चीन लगायत भारत, बर्मा, कगों, अफगानिस्तान, मंगोलिया लगायतका १६ देशमा रंगशाला निर्माण गरिसकेको अनुभव सुनाए । उक्त कम्पनीले चीनमा ४० हजार दर्शक क्षमताको आलोम्पिक रंगशाला निर्माण गरेको उनले बताए ।

कम्पनीका महाप्रवन्धक सिङ्ग वाङ्गले पोखरा रंगशाला १० महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने चुनौती रहेको बताए । उनले दाबीका साथ भने, ‘हामी बाहेक कुनै पनि निर्माण कम्पनीका लागि यो चुनौती नै हो । ’

मंसिरको पहिलो साता विडिङ्ग गर्नु पर्ने हालै राष्ट्रिय खेलकुद परिषदले निकालेको टेण्डर आह्वानमा उल्लेख गरिएको छ । पोखरा रंगशाला २० हजार दर्शक क्षमताको सुविधा सम्पन्न हुने बताइएको छ । रंगशालको फुटबल मैदानको झार उर्मान मात्रै १६ महिना लाग्ने भएकोले यदि आफुले टेण्डर पाएमा चिनियाँ कम्पनीले फिफाले मान्यता दिएको एस्ट्रो टर्फ लगाउने बताइएको छ ।

कम्पनीका अनुसार रंगशाला पुरै स्टिल फ्रेमको हुने र पोखरामा हावाको गतिलाई चिर्न प्राविधिक रुपमा सुधार गर्ने उनीहरुले बताएका छन् । यसै गरि १ सय जना सम्मअपाङ्गहरुका लागि सिट समेत छुट्टाइने छ भने ८ लेनको ट्रयाक आइएएएफ मान्यता प्राप्तको हुनेछ । उक्त कम्पनीले बताए अनुसार यदि दिनहुँ जसो रंगशाला व्यस्त रहेको खण्डमा पनि यसको आयु ३० देखि ३५ वर्षको हुनेछ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष पौडेलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्येनजर गर्दै टेण्डर आह्वानमा भनिए बमोजिम काम सक्ने कम्पनीलाई मात्र निर्माण कार्यको जिम्मा दिनु पर्ने बताएका छन् । नेपालमा सन् २०१९ मार्चमा १३ औं साग आयोजना हुँदा केही खेल पोखरामा हुने बताइएको छ । – हाम्रो खेलकुद

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad