Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपाल, मुख्य खबरवामपन्थी उम्मेद्वारहरुलाई जिताउन तात्दैछ्न् जनबर्गीय संगठनहरु पनि

वामपन्थी उम्मेद्वारहरुलाई जिताउन तात्दैछ्न् जनबर्गीय संगठनहरु पनि

November 9, 2017८८ पटक

उर्लाबारी / प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा वामपन्थी उम्मेद्वारहरुलाई जिताउन जनवर्गिय संगठनहरु जोडतोडले लाग्न थालेका छन् ।

बुधबार उर्लाबारी–५ स्थित हाम्रो बचत सहकारीको सभाहलमा नेकपा एमाले निकट अनेमसंघ र माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीका महिला अगुवाहरुको भेला सम्पन्न भएको छ । केही दिनअघि मात्रै युवा, शिक्षक संगठनहरु एक भएर चुनावमा वाम गठबन्धनलाई जिताउने उद्घोषका साथ चुनाबी मैदानमा उत्रिसकेका छन् । आसन्न चुनावमा बाम गठबन्धनले जितेमात्र मुलुकमा विकास र समृद्धिको लहर ल्याउन सकिने भएकाले इमान्दारीताको साथ मतदान गर्न एमाले तथा माओबादीका नेताहरुले अपिल गरेका छन् । उनीहरुले दिगो सरकार र समृद्ध शहर निर्माणका लागि वाम गठबन्धनले जित्नै पर्नेमा उनीहरुले जोड दिएका छन् ।

एमाले र माओबादी दुबैका नेता तथा कार्यकर्ताहरु इमान्दार भएर चुनावी मैदानमा उत्र्ने बेला आएको एमाले केन्द्रिय सदस्य डा.शिवमाया तुम्बाहाम्फेले बताइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेका डा. तुम्बाहाम्फेले समान अनुभुति,समानता र समृद्धिका लागि वाम गठबन्धनमा मत हाल्नुको विकल्प नभएको जिकिर गरेकी छन् । व्यक्ति–व्यक्तिलाई अधिकार दिलाउन र घरघरमा सरकार पुगेको अनुभुति दिलाउन माओवादी र एमालेबीच सहकार्य भएको उनको भनाई छ ।

कार्यक्रमका विशिष्ठ अतिथि अनेमसंघ मोरंग जिल्ला अध्यक्ष कृष्णाकुमारी राईले पूर्वीउत्तरी मोरङ कम्युनिष्टहरुको उर्वरभूमि रहेको उल्लेख गर्दै विगतका हारबाट पाठ सिक्दै अघि बढ्न आग्रह गरेकी छन् । ‘कांग्रेसको तिकडमले पछिल्ला चुनावका परिणाममा वामपन्थीहरु पछि परेपनि अब त्यस्तो अवस्था रहदैन ’ उनले कार्यकर्तालाई आश्वस्त पार्दै भनिन्–‘कांग्रेस आपैm भिजेको विरालो जस्तो भएको छ, ऊबाट कुनै मुसा मर्नेवाला छैन । हामी उत्साहका साथ लाग्नुपर्छ । ’
कार्यक्रममा मोरङ क्षेत्र नम्बर १का प्रतिनिधिसभा उम्मेदवार घनश्याम खतिवडाले महिला सहभागितालाई नेकपा एमाले र माओवादी केन्द्रले उच्च महत्व दिएको भन्दै त्यो गुन मतपत्र मार्पmत अभिव्यक्त गर्न आग्रह गरेका छन् । वामपन्थीहरुले नै राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश जस्तो गरिमामय पदमा पु¥याएको स्मरण गर्दै वामपन्थीहरुले नै महिलालाई प्रधानमन्त्रीका रुपमा उभ्याउने दावी गरेका छन् ।

कार्यक्रममा क्षेत्र नम्बर १ ‘क’का प्रदेश सभाका उम्मेदवार कुलप्रसाद साम्बा लिम्बू ‘कुशल’ले कांग्रेसबाट जनता वाक्कदिक्क भइसकेको भन्दै सूर्य चिन्ह र गोलाकारभित्रको हसिँया हथौडामा मत दिएर वाम गठबन्धनलाई जिताउन अपिल गरेका छन् । उनले विगतमा जे जस्ता तीतामिठा घटना भएपनि वामपन्थीहरु एक ढिक्का भएर मुलुकमा राजीतिक स्थायित्व ल्याउन लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रममा अनेमसंघ क्रान्तिकारीकी ममता राजवंशी, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारी, एमाले मोरङ सचिवालय सदस्य मानबहादुर श्रेष्ठलगायतले बोल्दै वामपन्थी एक हुनुको विकल्प नरहेको उल्लेख गरेका छन् ।

सोही भेलाले वाम गठबन्धन संयुक्त महिला चुनाव प्रचारप्रसार समिति पनि गठन गरिएको छ । जसको संयोजकमा इन्दिरा राई र सह–संयोजकमा रमा थापा रहेका छन् । ६८ सदस्यीय उक्त समितिमा दुबै पार्टीका महिलाहरुलाई सदस्यमा राखिएको छ । त्यस्तै, अनुगमन समिति, सचिवालय समिति र सूचना तथा सञ्चार समिति पनि गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad