Samyentra Dot Com

गृहपृष्ठ » न्युजबामपन्थीलाइ जिताउन मोरङ ६ बन्यो संयुक्त सांस्कृतिक टोली

बामपन्थीलाइ जिताउन मोरङ ६ बन्यो संयुक्त सांस्कृतिक टोली

November 8, 2017५१ पटक

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ का बाम गठबन्धनका उमेदवारलाई जिताउन साहित्य क्षेत्रका व्यक्तिहरु एकजुट भएर लागेका छन् ।

मंगलबार मोरङको सुन्दरहरैचा स्थित साजिलाल माविमा भएको एक भेलाले ११ सदसीय समूह गठन गर्दै बाम गठबन्धनका उम्मेदवारहरु विजय गराउन प्रचार अभियानमा जुट्ने निर्णय गरेको हो ।
प्राज्ञ खेम नेपालीको अध्यक्षतामा र कुशेश्वर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले शिवनारायण पण्डित ‘सिंगल’को संयोजकत्वमा ११ सदसिय सांस्कृतिक टोली ठगन गरिएको हो ।

समितिको सह संयोजक गोकुल न्यौपाने छन् भने सदस्यहरुमा प्रदिप लम्साल, दिपेन्द्र शर्मा, दिपक अधिकारी, सरोज आचार्य, टिकाराम जमरकट्टेल, रमेश आचार्य, पोष्ट कुमार श्रेष्ठ, अमिरलाल उराउँ, टेकमणि वस्ति रहेका छन् ।
गठित समितिका संयोजक सिंगलले गठित समिति क्षेत्रभर कविता गित गजल मार्फत बाम गठबन्धनका उम्मेदवारको चुनावी प्रचारमा जुट्ने बताए ।
यसैबिच मोरङको क्षेत्र नम्बर १ अन्तर्गत लेटाङ साहित्यीक सांस्कृतिक टीम पनि बाम गठबन्धनका उम्मेदवार विजयी गराउन जुटेको छ । जीवन पौडेलको संयोजकत्वमा ९ सदसिय समिति गठन गरि एक जुट भएको हो । समितिको सहसंयोजक लोब बहादुर सुवेदी तथा सदस्यहरुमा गणेश पौडेल, खेम नेउपाने, सन्त राई , धनजीत तामाङ, दुर्गा वि.क.लगायतक छन् ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad