Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपालघनश्याम खतिवडा भन्छन् ‘पहिले मन जितेँ अब चुनाव जित्छु ‘

घनश्याम खतिवडा भन्छन् ‘पहिले मन जितेँ अब चुनाव जित्छु ‘

November 8, 2017५३ पटक

उर्लाबारी । २०७० सालको दोश्रो संबिधानसभाको निर्वाचनमा नेकपा(एमाले)बाट उम्मेद्वार बन्नुभएका घनश्याम खतिवडा त्यतिबेलै निकै चर्चामा आएका थिए । सो निर्वाचनमा नेपाली काँग्रेसका डिगबहादुर लिम्बुसँग पराजित भएका खतिवडा स्पष्ट बक्ता र स्थानीस्तरमा लोकप्रिय भएकै कारण चर्चामा थिए ।
दोश्रो संबिधानसभाको निर्वाचनमा पराजित भएपनि खतिवडा साविक ९ नम्बर क्षेत्रमा निरन्तर क्रियाशिल रहेकै कारण स्थानीयस्तरमा उनको लोकप्रियता थप चुलिएको छ । प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनबाट मोेरङ १ बाट साझा उम्मेद्वार हुन् । उनको प्रतिष्पर्धीमा पुन ः डिकबहादुर लिम्बु नै रहेका छन् ।
खतिवडाको जन्म २०१८ साल कार्तिक १२ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङस्थित साविक नाङ्खोल्याङ–४ मा भएको थियो । २०४९ र २०५४ सालमा गरी दुई पटक लेटाङ गाविस अध्यक्षमा निर्वाचित खतिवडास्थानीय निकायको विकास निर्माणमा राम्रै अनुभव बटुल्ने नेताका रूपमा चिनिन्छन् । खतिवडा सहकारी अभियन्ता रहेर सहकारी क्षेत्रमा गरेको कामका कारण चर्चित छन् । उनको शालिन स्वभाव, मिजासिलो व्यवहार, आकर्षक व्यक्तित्वका साथै तार्किक भाषणले पनि सबैको मनमा उनी बसेका छन् । विगतको दोश्रो संबिधानसभा निर्वाचनताका मतदातासँग गरेको भेटघाट तथा छलफल र अन्तरक्रियाले पनि आफूलाई थप अनुभव प्राप्त भएको बताउने खतिवडा अहिले झन् बामपन्थीबीचको एकताले सहज भएको बताउँछन् । उनी भन्छन् – पहिले जनताको मन जिते अब डिकबहादुरलाई हराएर चुनाव जित्छुँ ।
खतिवडा राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक समस्याहरु हल गर्ने आफ्नो महत्वपूर्ण भूमिका रहने सुनाउँछन् । रोजगारी सृजनाका लागि वातावरणको निर्माण, लगानीकर्ताहरुको लागि अनुकुल वतावरण, उत्तरी मोरङलाई पर्यटकीय गन्तब्य केन्द्रको विकास, कृषिको आधुनिकीकरण, कृषि पेशामा ब्यवसायीकरणमा ध्यान दिने खाका बनाएका छन् । श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास अर्काे योजना हो । आजको पुस्तालाई समाज र राष्ट्रका निम्ति जिम्मेवार बन्न प्रेरीत गर्ने अभिष्ट लिएका छन् खतिवडाले । स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेण्टी तथा मुख्य गरी कृषि, धार्मिक पर्यटनको विकास तथा वेरोजगार यूवाहरुको लागि रोजगारी सृजना गर्न सीपमूलक तथा दक्षता अभिवृद्धि लगायतका विषयहरुमा देखिएका नीतिगत कुराहरुको समाधानका लागि नीति निर्माणको तहबाट वातावरण बनाउन लागि पर्ने खतिवडाले प्रतिवद्धता जनाएका छन् । आफ्नो क्षमता र अनुभवहरुलाई सकारात्मक र विवेकपूर्ण ढंगबाट प्रयोग गरी पूर्वी उत्तरी मोरङलाई १ नम्बर प्रदेशको नमुना क्षेत्र बनाउने उनको प्रथामिकतामा रहेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धनबाट चुनावमा होमिएका खतिवडाले आफ्नो विजय सुनिश्चित नै भएको बताए । स्थानीय तहको निर्वाचनमा वडागत परिणामलाई हेर्ने हो भने क्षेत्र नं. १ मा कांग्रेसभन्दा एमाले ५ सय ८२ मतले बढी देखिन्छ । ३७ वटा वडामा एमालेको कुल मत २४ हजार २ सय ८ छ भने कांग्रेसको २३ हजार ६ सय २६ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको कुल ८ हजार ९ सय ६२ मत एमालेमा गाभिनेछ । यसरी कांग्रेसभन्दा बाम गठबन्धन झण्डै ९ हजार मतले अगाडि आउने आंकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad