Samyentra Dot Com

गृहपृष्ठ » देश/राजनीति, बिचार, मुख्य खबरखोर भित्र वाँधेको अवस्थामा भेटियो अपांगलाई

खोर भित्र वाँधेको अवस्थामा भेटियो अपांगलाई

November 5, 2017२५३ पटक

नविन ढुंगेल ,पाँचथर
मन शान्ति थिएन आखलढुंगा जिल्लाका जनप्रतिनिधि र सरोकारवाला निकाहरुलाई अपांगता समावेशि विकाश सम्वन्धि पैरवी गर्नको लागी पाँचथर वाट ओखलढुंगा आईपुगेको म हिजोको पैरवि कार्यक्रमा सरोकारवालाहरुबाट अपांगता भएका व्यक्तिहरुलाई खोरमा वाँधेर राखीएको छ भन्ने सुचना पाए संगै मन छटपटीमा परेको थियो । दाेश्राे िदन  विहानै विकाशका लागी विकालाङ्ग मञ्च ओखलढुंगाका अध्यक्ष गोपालमान थापा संग ओखलढुंगा वजार नजिकै रहेको मिलनचोक छेउमा रहेको सेर वहादुर विश्वकर्माको घरमा पुगें । एक जना अपांगता भएका व्यक्ति वाहिर आँगनमा स्पेसल चियरमा राखीएको थियो भने अर्का अपांगता भएका व्यक्तिलाई खोरमा वाँधिएको अवस्थामा राखीएको थियो ।
वुवा सेरवहादुर विश्वकर्मा र आमा रहरि विश्वकर्माको दई छोरा १५ वर्षका निर्मल विश्वकर्मा र भाई १० वर्षका निरज विश्वकर्मा पुर्ण अशक्त अपांगता भएका व्यक्तिहरु हुन् सन्तानका नाममा जम्मा दुई छोरा रहेको र दुवै पुर्ण अशक्त अपांगता भएकोले चिन्तीत थिए सेर वहादुर । अति विपन्न परिवार रहेको सेरवहादुर कपास उध्योगमा दैनिक मजदुरी गर्छन भने आमा समय मिलाएर गीटी कुट्ने काम गर्दछिन । “मदजुरी नगरी खान पाईदैन त्यसमा पनी २ जना अपांगता भएका नानीहरुलाई समेत पाल्नु पर्छ उनीहरुलाई रेखदेख गर्ने मान्छे कोहि छैन अन्य आयस्रोत समेत नभएको हुँदा खोरमा वाँधेर काममा जान्छौ ” भावुक हुदै सेरवहादुरले भने ।
३ जना दाजुभाई रहेका सेरवहादुर छुटीएर वसेका छन् उनको भागमा एउटा कोठापरेको छ त्यहि कोठामा २ जना अपांगता भएका नानीहरु र आफुहरु रहने उनले वताए । उनको कोठामा प्रवेश गरेर हेर्दा सागुरो कोठामा दुई वटा पातलो कम्वल, दुईवटा पुरानु ढसना र केहि भाडाकुडाहरु र एउटा ग्यास चुलो र केहि मकैका झुक्ताहरु थिए । सिद्धचरण नगरपालिका वडा नं. ११ को मिलनचोकको माथिल्लो पटी वस्ने सेरवहादुर नानीहरुको उपचारको लागी मलेशिया मजदुरी गर्नको लागी पुगे ३ लाख नानीहरुको उपचारमा खर्च गरे तर नानिहरु ठीक नभए पछी उल्टो रिन लिएर नेपाल फिरेको उनले वताए ।

“नानीहरुलाई खोरमा राख्ने मन छैन आश्रय स्थानमा राख्नको लागी तिस हजार रिन खोजेर काठमान्डौं भौतारिए तर काँहि कतै नपाए पछी फेरी उल्टो रिनको भारी वोकेर फिरे अहिले पनी लाखौ रिन टाउकोमा छ तिर्ने उपाय काहि वाट छौन मजदुरी गरेको पैसाले खान लाउन पनी पुग्दैन ” आँखाभरि आँसु पार्दै सेरवहादुर ले भने । ओसलढुंगा जिल्लाको गैर सरकारी संस्था एकीकृत श्रोत व्यवस्थापन समितीले आयआर्जको लागी वंगुर पालन गर्न २५ हजार दिएको थियो जसवाट २ वटा वंगुर र १ वटा वाख्रा पालेको छु त्यो वेचेर अतिकती रिन तिर्ने र नानीहरुलाई नयाँ कपडा किनीदिने उनले वताए । “स्थानिय चुनावमा केहि पार्टीहरु भोटमाग्न आएका थिए सवै लाई नानिहरुको अवस्थाको कारण जिवन जिउनका गारो भएकोले सहयोग गरिदिन आग्रह गरे सवैले आश्वासन दिए चुनाव पनी जिते तर चुनाव पछी फिर्केर पनी आएनन् अव त सहयोगको आशा पनी मरी सक्यो” मजेत्रोले आशु पुच्दै श्रीमती रहरी विश्वकर्म वताउछीन् उनले भनीन् “काममा जाँदा दाजुलाई झ्यालमा वाँद्छौ र भाईलाई खोर भित्र हालेर वाँद्छौ कोहि कसैले सहयोग गरे भने सानु फलफुल वा किराना पसल गर्न पाए एकजना पसलमा वस्ने र एकजनाले नानीहरुको स्याहारशुसार गर्ने थियौ र खोरमा पनी राख्नु पर्ने थिएन ।”

उनले सहयोगी निकायहरुलाई सहयोग गरिदिन समेत आग्रह गरेकी छिन् । नेपालमा अपांगता भएका व्यक्तिहरुको अधिकारको लागी जतिसुकै वकालत गरेता पनी सुमदायमा अपांगता भएका व्यक्तिहरु अझै पनी पशु तुल्य भएर वाच्न वाध्य छन् त्यसमा न राजनैतिक दलहरु,अधिकार कर्मीहरुको ध्यान पुगेको छ न त सरोकारवाला निकायहरुको सेरवहादुरको परिवार जस्तै अन्य धेरै अपांगता भएका व्यक्ति तथा परिवारहरुको अवस्था उस्तै छ त्यस क्षेत्रमा सवै सरोकारवाला निकायहरुको ध्यान जानु जरुरत छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad